२ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रभाव र प्रतिकूल हुने गतिविधि कसैबाट नहोस् : डा. यादव

अ+ अ-

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आगामी राष्ट्रियसभा सदस्यको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेर संघीय संसद्लाई पूर्णता दिनका लागि सहयोग पु¥याउन सबै राजनीतिक दलसँग आग्रह गरेका छन् ।

राष्ट्रियसभा सदस्य निर्वाचनमा खटिने निर्वाचन अधिकृत, सहायक निर्वाचन अधिकृत र जिल्ला निर्वाचन अधिकारीका लागि सञ्चालन गरिएको निर्वाचन सञ्चालन र व्यवस्थापन कार्यक्रम आज यहाँ शुभारम्भ गर्दै उनले निर्वाचनको व्यवस्थापनमा प्रभाव र प्रतिकूल हुने गतिविधि कसैबाट नहोस् भने ।

नेपालको संविधानको पूर्ण कार्यान्वय गर्ने सन्दर्भमा राष्ट्रियसभा सदस्यको निर्वाचनको तयारी घनिभूत ढंगबाट अघि बढाइएको जानकारी दिँदै प्रमुख निर्वाचन आयुक्त डा. यादवले संघीय संसद्को पूर्णताका लागि हुन लागेको यो निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नु सबैको दायित्व हो भने ।

आयोगका सहसचिव एवं प्रवक्ता नवराज ढकालले महिला तीन, दलित एक, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायबाट एकसमेत प्रत्येक प्रदेशबाट आठजनाका दरले राष्ट्रियसभाका लागि प्रतिनिधित्व हुने निर्वाचनको मतगणना कार्य जटिल भएकाले मत गणनाका लागि केन्द्रले प्राविधिक टोली खटाउने सोच बनाएको बताए ।

यही माघ २४ गते बुधबारका दिन बिहान १०ः०० बजेदेखि अपराह्न ३ः०० बजेसम्म राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि मतदान हुने निर्वाचन आयोगले जनाएको छ ।

प्रशिक्षणमा मोरङ, धनुषा, ललितपुर, कास्की, दाङ, सुर्खेत र डोटी जिल्लाका जिल्ला न्यायाधीशसमेत २३ जनाको सहभागिता छ ।

सातै वटा प्रदेशका ती जिल्लामा मतदान केन्द्र रहने छ । उक्त निर्वाचनका लागि चार वटा मतपत्रको नमूना आयोगले तयार पारेको छ । प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखको मतभार फरक फरक रहेकाले मतदान केन्द्र पनि फरक फरक राख्न आयोगले गृहकार्य गरिरहेको छ ।

प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुखको मतभार १८ हुनेछ । स्थानीय तहअन्तर्गतका गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख एवं प्रदेशसभाका सदस्य राष्ट्रियसभा सदस्य निर्वाचनमा मतदाता रहने छन् ।

उक्त निर्वाचनमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख गरी जम्मा १५०६ तथा प्रदेशसभाका ५५० सदस्य गरी दुई हजार ५६ जना मतदाता हुने छन् ।

नेपालको संविधानअनुसार, स्थानीय तह र प्रदेशसभा सदस्यबाट राष्ट्रियसभा सदस्यका लागि ५६ जना निर्वाचित हुने व्यवस्था छ । उनानसाठी सदस्यीय राष्ट्रियसभामा तीनजना भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनयन हुने संवैधानिक व्यवस्था छ । राष्ट्रियसभा र प्रतिनिधिसभा दुवैको निर्वाचनको नतिजा सार्वजनिक भएसँगै संघीय संसद्ले पूर्णता पाउने छ ।

प्रतिक्रिया दिनुहोस