३ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देश आर्थिक समृद्धिको नयाँ युगमा प्रवेश : उपराष्ट्रपति पुन

अ+ अ-

चितवन । उपराष्ट्रपति नन्दबहादुर पुनले देश आर्थिक समृद्धिको नयाँ युगमा प्रवेश गरेको बताएका छन् ।

चितवनको रत्ननगरस्थित प्रस्तावित क्षेत्रीय रंगशालामा आजदेखि शुरु भएको रत्ननगर महोत्सवको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले राजनीतिक संक्रमणकालको अन्त्य भई मुलुकमा स्थायित्व आरम्भ भएकाले अबको युग आर्थिक समृद्धिको युग भएको बताए ।

“देश आर्थिक समृद्धिको नयाँ युगमा प्रवेश गरेको छ । हामी निशंकोच भन्न सक्छौँ, अबको युग आर्थिक समृद्धिको युग हो, अब हामी आर्थिक समृद्धिको युगका नेपाली हुनेछौँ”, उपराष्ट्रपति पुनले भने ।

उनले लगानीमैत्री वातावरण र राजनीतिक स्थिरताविना समृद्धि सम्भव नभएको बताए । नयाँ जनादेशअनुसार संघ र प्रदेशमा छिट्टै स्थिर सरकार बन्ने र राजनीतिक स्थिरतासँगै नेपाल पूर्ण लगानीमैत्री बन्ने विश्वास उनको छ ।

नेपाल विश्वकै उत्कृष्ट लगानी गन्तव्य भएको उल्लेख गर्दै उपराष्ट्रपति पुनले लगानीका लागि भर्जिनल्याण्ड भएको दाबी गरे । नेपाललाई प्रकृतिले अनुपम उपहार दिएको र त्यसको उच्चतम सदुपयोगबाट मात्रै पनि समृद्धि हासिल गर्न सकिने उनको भनाइ थियो । तर त्यसका लागि देशको सम्पदा, प्रकृति र संस्कृतिलाई ठीक ढंगले उपयोग गर्न सक्नुपर्नेमा उनले जोड दिए ।

उपराष्ट्रपति पुनले नेपालमा वैदेशिक लगानीको खाँचो रहेको औँल्याए । मुलुकको समृद्धिका लागि मुख्य मुख्य क्षेत्रमा लगानी वृद्धि गर्न सरकार, निजी क्षेत्र र सहकारी क्षेत्रलाई आग्रह गरे । उनले वैदेशिक लगानी भित्र्याउन सेतुको भूमिका खेल्न निजी क्षेत्रलाई अपिलसमेत गरे ।

नेपाल सरकारले विशेष आर्थिक क्षेत्र (सेज) परियोजना सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरिरहेको सन्दर्भमा चितवनलाई विशेष आर्थिक क्षेत्र बनाउन सम्भाव्यता अध्ययनका लागि आफूले पनि सरकारको ध्यानाकर्षण गराउने उपराष्ट्रपति पुनले प्रतिबद्धता व्यक्त गरे ।

चितवनको सांस्कृतिक, सामाजिक र ऐतिहासिक धरोहरहरुको प्रवद्र्धन र संवद्र्धनमा रत्ननगरले विशिष्ट योगदान पु¥याइरहेको भन्दै उनले प्रशंसा गरे ।

कार्यक्रममा चितवन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य सुरेन्द्र पाण्डेले सरकार गठन प्रक्रिया लम्बिँदै गएकाले अहिले अर्थतन्त्र धेरै जोखिममा परिरहेको भन्दै गम्भीर हुनुपर्ने बेला आएको बताए ।

उनले सरकार हस्तान्तरण छिटो गर्न आग्रहसमेत गरे । जनादेश प्राप्त दलहरु बाहिर रहेको अवस्थामा अहिलेको सरकारले ठूला काम गर्न नसक्ने उनको जिकिर थियो ।

रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष तथा महोत्सव संयोजक राजाराम रेग्मीको अध्यक्षतामा कार्यक्रम भएको थियो । महोत्सव आगामी माघ ७ गतेसम्म चल्ने छ । रासस

प्रतिक्रिया दिनुहोस