२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चिकित्सक लाइसेन्स परीक्षामा स्वदेशमै पढेका ४१% फेल

अ+ अ-

काठमाडौँ । नेपालकै मेडिकल कलेजबाट चिकित्साशास्त्रमा स्नातक (एमबीबीएस) गरेका ४१ प्रतिशत डाक्टर अति सामान्य मानिने लाइसेन्स परीक्षामा फेल भएपछि मुलुकमा हुने पढाइको स्तरमा प्रश्नचिह्न खडा भएको छ । यति ठूलो संख्यामा चिकित्सकहरू फेल हुनुका पछाडि पढाइको स्तरमात्र नभई एमबीबीएस परीक्षामा हुने अनियमिततालाई पनि कारण मानिएको छ । एमबीबीएस परीक्षामा व्यापक अनियमितता हुने गरेको दाबी गरिएको छ ।

मुलुकका विश्वविद्यालयले लिने एमबीबीएसका विभिन्न तहको परीक्षा पास भएकाहरू काउन्सिलको लाइसेन्स परीक्षामा ठूलो संख्यामा फेल हुनुले परीक्षा नै शंकास्पद रहेको समेत विज्ञहरूले औंल्याएका हुन् । यसो हुनुमा चिकित्सा शिक्षा प्रणालीकै गडबडी कारक रहेको औंल्याउँदै उनीहरूले यसलाई अविलम्ब सुधार गर्न चेतावनी दिएका छन् ।

काउन्सिलका केही पदाधिकारी नै लाइसेन्स परीक्षाको प्रश्नपत्र एकदम सामान्य र सजिलो हुने बताउँछन् । ‘एमबीबीएसमा साढे पाँच वर्षसम्म पढाइ गरेकाले लाइसेन्स परीक्षामा सहजै ९० प्रतिशतसम्म अंक ल्याउन सक्छन्,’ एक पदाधिकारीले भने, ‘यस्तोमा पनि फेल हुनेले एमबीबीएस कसरी पास गरे होलान्  ?’ नेपालका मेडिकल कलेजमध्ये त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एमबीबीएस गरेर लाइसेन्स परीक्षामा फेल हुनेको संख्या भने १० प्रतिशतभन्दा तल रहेको काउन्सिलका एक पदाधिकारीले बताए । गत महिना भएको पछिल्लो लाइसेन्स परीक्षामा देशभित्रकै मेडिकल कलेजमा एमबीबीएस गरेका ६ सय ८३ जनाले परीक्षा दिएका थिए । यीमध्ये ४ सय ३ जना मात्र पास भए । ४१ प्रतिशत अर्थात् २ सय ८० जना फेल भएका थिए ।

यो परीक्षामा देश र विदेशबाट एमबीबीस गर्नेहरू कुल १ हजार २ सय २ जना सरिक भएकामा ४ सय ६१ जना मात्र पास भएका थिए, ७ सय ४१ फेल भए । लाइसेन्स परीक्षामा स्वदेश र विदेशबाट एमबीबीएस गरेका गरी जम्मा ६१.७ र बीडीएस गरेका ४९.४२ प्रतिशत फेल भएको काउन्सिलका रजिस्ट्रार डा। दिलीप शर्मा बताउँछन् । लाइसेन्स परीक्षामा बर्सेनि एमबीबीएस गरेका ३ हजारदेखि ३ हजार ५ सय डाक्टर सहभागी हुने गरेका छन् ।

यस्तै दन्त विज्ञानमा स्नातक अर्थात् बीडीएस गर्ने ८५ डाक्टर परीक्षामा सहभागी भएकामा ४३ जना पास भए भने करिब आधा अर्थात् ४२ जना फेल भए । काउन्सिलका एक पदाधिकारी लाइसेन्स परीक्षाको जाँच कडा गर्ने वा प्राक्टिकल परीक्षासमेत गर्ने हो भने फेल हुने डाक्टरको संख्या अझ बढ्ने बताउँछन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस