अर्घाखाँची प्रदेशसभा सदस्यमा वाम गठबन्धनका उम्मेदवार विजयी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

अर्घाखाँची प्रदेशसभा सदस्यमा वाम गठबन्धनका उम्मेदवार विजयी


२६ मंसिर २०७४, मंगलबार


अर्घाखाँची । प्रदेशसभा क्षेत्र नं १ मा वाम गठबन्धनतर्फबाट नेकपा एमालेका चेतनारायण आचार्य २४ हजार ६१५ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विष्णुप्रसाद खनाल मुस्कानले १४ हजार १३५ मत प्राप्त गरेका छन् ।

प्रदेशसभा २ मा वाम गठबन्धनतर्फबाट एमालेका रामजीप्रसाद घिमिरे २६ हजार १५९ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका हिम्मतबहादुर टण्डनले १७ हजार २३३ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस