गजल « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

गजल


२ मंसिर २०७४, शनिबार


जनतालाई विकासको, उपहार हुनुपर्छ ।
भष्टाचारी को देशै भरि, हार हुनुपर्छ । ।

देश हाक्नेहरू बेमानी छन बदमाश छन् ।
अब आउने नेताहरू, कलाकार हुनुपर्छ ।।

किन तोक्छौ सस्तो मूल्य ए जनता हो ।
हो भने कित वार कि त, पार हुनुपर्छ ।।

दिनहु मित्रहरूको निम्तो आई रहन्छ ।
मैले पनि भने स्वागत, शानदार हुनु पर्छ ।

देशको ढुकुटी रित्तो पार्ने हरुको अब ।
जिन्दगी नै बेहाल, बेलापार हुनु पर्छ ।।

प्रतिक्रिया दिनुहोस