२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मेलम्चीसँगै काठमाडौंमा ‘फायर हाइड्रेन्ट’

अ+ अ-

काठमाडौं । आगलागीको जोखिम बढ्दै गएको राजधानीमा निर्माणाधीन मेलम्ची आयोजनाबाट थोरै भए पनि राहत हुने भएको छ । मेलम्ची खानेपानी आयोजनाले राजधानीमा बढ्दै गएको आगलागीको जोखिमलाई ध्यानमा राखी पानी वितरण सञ्जालको निर्माणसँगै ‘फायर हाइड्रेन्ट’ स्थापनाको कार्यलाई अगाडि बढाएको छ । सहरी क्षेत्रमा आगलागीको जोखिम नियन्त्रण तथा व्यवस्थापनका लागि ‘फायर हाइड्रेन्ट’ प्रविधि अन्तर्राष्ट्रिय रूपमा नै प्रभावकारी मानिन्छ ।

मेलम्ची खानेपानी आयोजना कार्यान्वयन एकाइका प्रमुख तिरेश खत्रीले मेलम्ची खानेपानी आयोजनाले काठमाडौँ चक्रपथभित्र विभिन्न स्थानमा दमकलले पानी भर्न मिल्ने गरी आधुनिक प्रविधिमा आधारित ‘फायर हाइड्रेन्ट’ राख्ने कार्यलाई अगाडि बढाएको जानकारी दिए ।

उनका अनुसार राजधानीमा बढ्दै गएको आगलागीको जोखिमलाई ध्यानमा राखी मेलम्ची खानेपानी आयोजनाले चक्रपथभित्र तीन सय स्थानमा ‘फायर हाइड्रेन्ट’ स्थापना गर्न लागेको हो । कतिपय स्थानमा ‘फायर हाइड्रेन्ट’ स्थापनाको काम सम्पन्न भइसकेको बताउँदै उनले राजधानीमा मेलम्चीको पानी वितरण सुरु भएसँगै काठमाडौँ उपत्यकामा आगलागी नियन्त्रण तथा विपद् व्यवस्थापन कार्यमा सहयोग पुग्ने विश्वाससमेत व्यक्त गरे ।

मेलम्ची खानेपानी आयोजना–२ का उपनिर्देशक हिमेश वैद्यले ‘फायर हाइड्रेन्ट’ स्थापनापछि आगलागीको समयमा दमकलका लागि पानी खोज्ने समस्या धेरै हदसम्म अन्त्य हुनुका साथै उपत्यकामा हुनसक्ने आगलागी नियन्त्रणमा मद्दत पुग्ने विश्वास व्यक्त गरे । आजको गोरखापत्र दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस