१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय आवश्यकताले गर्दा एकीकरण प्रक्रिया थालेका हौं : अध्यक्ष दाहाल

अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय आवश्यकता र समयको मागअनुसार वामपन्थी शक्ति एकैस्थानमा उभिनुपर्ने अवस्था आएको बताएका छन् ।

नेकपा मालेबाट व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने सांसद कलसा महरा र सो पार्टीका दुई दर्जन भन्दा बढी नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै अध्यक्ष दाहालले परिवर्तनको प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउन पनि एकता जरुरी रहेको बताए ।

उनले भने, “ध्रुवीकरणको प्रक्रिया राष्ट्रिय आवश्यकता हो । समयको चाहना हो । समाजवादी क्रान्तिको आधार तयार पार्न हामीले एकीकृत प्रयास गर्न लागेका हौँ ।”

विचार, सिद्धान्त र समयको आवश्यकताका आधारमा नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टीकाबीचमा एकता अत्यावश्यक र जरुरी रहेको भन्दै उनले संविधान प्रदत्त समाजवादलाई लागू गराउनु आफूहरुको ध्येय रहेको स्पष्ट पारे ।

हिमाल, पहाड, तराईलाई एकीकृत बनाएर संविधान कार्यान्वयनको प्रक्रिया अगाडि बढाउन आफ्नो पार्टीले महत्वपूर्ण भूमिका निर्वाह गरेका कारण पछिल्लो दिनमा पार्टीप्रति आर्कषण बढेको उनको दाबी थियो ।

फरक एक प्रसंगमा अध्यक्ष दाहालले विकास र समृद्धिमा पछाडि पारिएको सुदूरपश्चिम एवं ७ नं. प्रदेशलाई समुन्नत बनाउन आफ्नो पार्टीले विशेष पहल गरेको बताए ।

“लामो समय प्रदेश नं ७ लाई पछाडि पारियो, अब त्यस्तो हुन दिइँदैन । विकासको लहर ल्याउन पनि सबै पक्ष एकीकृत र एकजुट हुनु जरुरी छ” – अध्यक्ष दाहालले भने । समाजवाद निर्माणको आधार सेती महाकालीको समृद्धिले निर्धारण गर्ने उनको भनाइ थियो ।

आर्थिक समृद्धि र परिवर्तनको चाहनालाई पूरा गर्ने लक्ष्यका साथ आफू माओवादी केन्द्रमा प्रवेश गरेको सांसद महराको भनाइ थियो । उनी नेकपा मालेका तर्फबाट समानुपातिक सांसद् हुन् ।

कार्यक्रममा नेकपा मालेका नेताहरु कुमा शाही, जानकी ठगुन्ना, भुपेश्वरी शाहीलगायत नेता कार्यकर्तालाई अध्यक्ष दाहालले टीका लगाएर पार्टी प्रवेश गराएका थिए ।

सो अवसरमा माओवादी केन्द्रका नेता रामबहादुर थापा, वर्षमान पुन, लेखराज भट्ट, उर्मिला अर्याल र प्रवक्ता पम्फा भुसाललगायतको उपस्थिति थियो । रासस

प्रतिक्रिया दिनुहोस