२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

३८ औँ विश्व पर्यटन दिवसमा पर्यटकको स्वागत

अ+ अ-

पोखरा । ३८ औँ विश्व पर्यटन दिवसका अवसरमा हवाई मार्गबाट पोखरा विमानस्थलमा आउने विदेशी पर्यटकलाई आज हार्दिक स्वागत गरिएको छ । पर्यटन व्यवसायी एवं सरोकारवालाले अनौपचारिक रुपमै जिल्ला भित्रिएका पर्यटकलाई टीका–खादा लगाएर स्वागत गरेका छन् ।

पोखरा पर्यटन परिषद्को संयोजकत्वमा विभिन्न १३ वटा पर्यटन व्यवसायी सङ्घसंस्थाका प्रतिनिधिले आज ८ः३० बजे यती एअरलाइन्सको विमानबाट पोखरा विमानस्थलमा उत्रने विदेशी पर्यटकलाई बाजागाजासहित फुलमाला लगाइ स्वागत गरे ।

स्वागतपछि पर्यटकले नाचगानसमेत गरेका थिए । सोही उपलक्ष्यमा रेस्टुरेन्ट एण्ड बार एशोसिएशन नेपाल (रेवान) पोखराले आज साँझ पोखराको बाराहीचोकदेखि फिस्टेल गेटसम्म मिनी सडक महोत्सव गर्ने भएको छ ।

महोत्सवमा लाइभ ब्यान्ड, विभिन्न कलाकारको सांस्कृतिक कार्यक्रम र अन्तर्राष्ट्रियस्तका खानाका परिकारहरु मुख्य रुपमा रहने व्यवस्था मिलाइएको कार्यक्रम संयोजक भीमसेन भुजेलले जानकारी दिए । आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो ।

त्यस्तै सोही उपलक्ष्यमा टान पोखराले पोखरा–लेखनाथ महानगरपालिकामा रहेका आठवटै तालको भ्रमण गराउने संस्थाका अध्यक्ष हरि भुजेलले बताए ।

जिल्लामा अहिले दैनिक सयको हाराहारीमा विदेशी पर्यटक आउने गरेका छन् । नेपालीको स्वागत तथा सम्मानबाट पर्यटक निकै खुशी भएका छन् ।

प्रतिक्रिया दिनुहोस