१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महिला हत्यामा संलग्न पक्राउ

अ+ अ-

चितवन । भरतपुर महानगरपालिका–२१ की २० वर्षीया सुजाता बराल घिमिरेको हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भरतपुर २३ का १७ वर्षीय तिलक नेपाली रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले आज यहाँ पत्रकारसम्मेलनको आयोजना गरी भदौ १८ गते घरबाट बेपत्ता भएकी घिमिरेको २२ गते दिउँसो नजिकै कुलोमा सडेको अवस्थामा शव फेला परेको जानकारी दिएको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो, प्रादेशिक ब्युरोको प्राविधिक सहयोगमा जिल्ला प्रहरी कार्यालयको टोलीले अनुसन्धान गर्दा हत्यारा पत्ता लगाउन सफल भएको प्रहरी उपरीक्षक दीपक थापाले बताए । अनुसन्धान जारी रहेकाले हत्याको कारण भने खुलाइएको छैन ।

अभियुक्तले १८ वटाभन्दा बढी फेसबुक आइडी खोलेर नायकको फोटो राख्दै महिलालाई प्रभावित पार्ने गरेको अनुसन्धानबाट खुलेको छ । निजलाई म्याद थप गरी कर्तब्य ज्यान मुद्दा चलाउने तयारी गरिएको छ ।

त्यसैगरी जबरजस्ती करणी गरेको अभियोगमा चार वर्षअघि बालिका बलात्कार गरी फरार रहेका माडी नगरपालिका–८ का चोकनारायण श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

निजले २०७० माघ ११ गते स्थानीय चार वर्षीया बालिकालाई ललाइफकाई जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।

पत्रकारसम्मेलनमा बालकलाई अप्राकृतिक मैथुन गराउने एक युवकलाई पनि पक्राउ गरेको जानकारी दिइएको छ । भरतपुर महानगरपालिका–१ का २२ वर्र्षीय विवेक खतिवडालाई सात र चार वर्र्षीय बालकलाई अप्राकृतिक मैथुन गराएको अभियोगमा पक्राउ गरिएको हो ।

पक्राउ परेका खतिवडालाई मुलुकी ऐन जबरजस्ती करणीको महलअन्तर्गत अनुसन्धान कारबाही भइरहेको सो अवसरमा जानकारी दिइयो ।

सो अवसरमा दिइएको जानकारीअनुसार प्रतिबन्धित लागुऔषध ओसारपसारमा संलग्न नवलपुरको गैंँडाकोट नगरपालिका–१ का ३४ वर्षीय खुमराज सापकोटालाई नारायणगढबाट पक्राउ गरिएको छ ।

प्रहरीले महिलालाई होटलमा राखेर वेश्यावृत्ति गराएको अभियोगमा खैरहनी नगरपालिका–११ का ३८ वर्षीय रमेश थापालाई भरतपुर बसपार्कबाट पक्राउ गरेको छ । निजले भरतपुर बसपार्कमा रहेको थापा गेष्टहाउसमा महिलालाई राखी वेश्यावृत्तिमा लगाउने गरेको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस