२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्राविधिक पदमा दरखास्त नपर्ने

अ+ अ-

काठमाडौँ । लोकसेवा आयोगबाट खुलाइने विज्ञापनमा सयौँ गुना दरखास्त परे पनि केही विज्ञापनमा भने दरखास्त नै नपर्ने गरेको छ ।

आव २०७३/०७४ मा विज्ञापन खुलाइएका ३९ पदमा कुनै पनि दरखास्त नपरेको आयोगले जनाएको छ । आयोगबाट यसरी खुलाइएका विज्ञापनमा दरखास्त नपर्ने स्वास्थ्यतर्फका प्राविधिक पद छन् । एघार पदबाहेक सबै स्वास्थ्यतर्फका प्राविधिक पदमा दरखास्त नै नपर्ने गरेको आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले जानकारी दिए ।

टाइपिस्ट, मौसम विज्ञापन सहायक, नायब मौसम विज्ञान सहायक, रेखा विशेषज्ञ, इञ्जिनियरिङजस्ता सेवाबाहेक सबै स्वास्थ्य सेवाका पद छन् । उनका अनुसार चौथो पददेखि नवौँ पदसम्मका ती विज्ञापनमा दरखास्त नपर्ने गरेको हो ।

“पटक पटक हामीले विज्ञापन खुलाउँदा यी विज्ञापनमा दरखास्त परेको पाइँदैन”, उनले भने, “सामान्य प्रशासन मन्त्रालयले विज्ञापन खुलाउनका लागि दरखास्त उपलब्ध गराएपछि हामीले खुलाएका हौँ ।”

यसरी दरखास्त नपर्ने अधिकांश पद आन्तरिक प्रतियोगिताबाट पूर्ति गर्नुपर्ने पद छन् । तीमध्ये दुई मात्र खुला प्रतियोगिताबाट मात्र पदपूर्ति गर्नुपर्ने रहेका छन् ।

स्वास्थ्यतर्फ खुला चिकित्सक मेटालर्जिष्ट र कन्सल्टेण्ट ट्रपिकल मेडिसिन (फिजिसियन) मात्र छन् । यसैगरी दरखास्त नपर्ने पदमा केमिकल इञ्जिनियर, एनेस्थेटिक सहायक, कन्सल्टेण्ट युरो सर्जन, कन्सल्टेण्ट नेफ्रोलोजिष्ट, कन्सल्टेण्ट ग्याष्ट्रोइन्टेरोलोजिष्ट छन् । यी पदमा दलित र महिलाका लागि दरखास्त मागिए पनि परेनन् । रासस

प्रतिक्रिया दिनुहोस