२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वैदेशिक लगानी भित्र्याउनुपर्छ : ऊर्जा मन्त्री शाही

अ+ अ-

काठमाडौँ । ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले नेपालको ऊर्जा क्षेत्रमा विकास गर्नका लागि भारत र चीनबाहेकका मुलुकको लगानी पनि आवश्यकपर्ने बताएका छन् ।

उनले नेपालमा चीन र भारतको लगानीले मात्र नपुग्ने भन्दै अन्य मुलुकको वैदेशिक सहायता आवश्यकता पर्ने स्पष्ट पारे ।

नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क योङ्ग सिकले सोमबार ऊर्जामन्त्री शाहीसँग गरेको शिष्टाचार भेटका अवसरमा मन्त्री शाहीले संसारमा समृद्ध मुलुकको विकास र प्रगतिबाट नेपालले फाइदा लिनुपर्नेमा जोड दिए ।

“भारत र चीनको लगानीले मात्रै पुग्दैन, त्यसका लागि अन्य मुलुकको लगानी भित्र्याउने वातावरण बनाउने गरी नीति बनाउनुपर्छ”– मन्त्री शाहीले भने, “त्यसको पहल मेरै कार्यकालमा सुरु गरिनेछ ।”

ऊर्जा क्षेत्रमा ढुक्क भएर लगानी गर्न आग्रह गर्दै उनले नेपालमा अब स्थिर राजनीतिको वातावरण बनिसकेकाले विकास निर्माणमा ध्यान दिनुपर्नेमा जोड दिए ।

भेटमा कोरियन राजदूत योङ्सिकले अपर त्रिशूली १ को विद्युत् खरिद सम्झौता (पिपिए) अगाडि बढाइदिन आग्रह गरे ।

उनले भारत र चीनले नेपालमा सहायता गर्न जति सजिलो छ, त्यस्तो वातावरण अन्य मुलुकलाई नभएको बताउँदै आफ्नो देशले नेपालमा लगानी गर्न चाहेको बताए ।

राजदूत योङ्सिकले नेपालमा लगानी गर्ने वातावरण बनाइदिन ऊर्जामन्त्री शाहीको ध्यानाकर्षण पनि गराए । रासस

प्रतिक्रिया दिनुहोस