२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संविधान संशोधन प्रस्ताव प्रक्रियामा जान्छः महामन्त्री डा. कोइराला

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले व्यवस्थापिका–संसद्मा दर्ता संविधान संशोधन प्रस्ताव प्रक्रिया अघि बढाइने बताएका छन् ।

नेपाल प्रेस युनियन केन्द्रीय समितिका पदाधिकारी एवं सदस्यसँग आज आफ्नो निवास महाराजगञ्जमा कुरा गर्दै उनले संशोधन प्रस्ताव पारित भए या नभए पनि प्रक्रिया अघि बढाउने धारणा व्यक्त गरे ।

महामन्त्रीे डा. कोइरालाले भने, “पार्टी केन्द्रीय समितिका अधिकांश सदस्यको धारणा पनि प्रक्रिया अघि बढाउनुपर्छ भन्ने हो, संशोधन प्रस्ताव पारित गर्न अघि बढाउन हरसम्भव प्रयत्न गर्छौं ।”

उनले बताए, “मधेस केन्द्रित दलले संशोधन प्रस्ताव पारित गर्नैपर्ने माग गरेकामा त्यसमा हाम्रो पूर्ण प्रयत्न रहन्छ तर सबै हाम्रो हातमा छैन ।”

पार्टीभित्र भागबण्डाको प्रवृत्ति बढ्दै गएको हो, भन्ने सञ्चारकर्मीको जिज्ञासामा महामन्त्री डा. कोइरालाले त्यसमा भागबण्डा नभई सबैलाई मिलाउन गरिएको सहमतिको प्रयास हो भने । राजनीतिक भागबण्डाको संस्कृतिलाई अन्त्य गर्न आफ्नो प्रयास सदैव जारी रहने डा. कोइरालको भनाइ थियो ।

कार्यक्रममा युनियनका अध्यक्ष बद्री सिग्देलले नेपाल पत्रकार महासङ्घको साझा चरित्र बचाउन पर्ने आवश्यकता औँल्याए ।

महासङ्घको महाधिवेशनमा युनियनका तर्फबाट निष्पक्ष तरिकाले सक्षम उम्मेदवार चयन गरिने प्रतिबद्धता व्यक्त गर्दै उहाँले पार्टीका तर्फबाट कुनै पनि प्रकारको हस्तक्षेप हुन नहुनेमा जोड दिए ।

युनियन केन्द्रीय समितिका पदाधिकारी र सदस्यका लागि आयोजित चियापान कार्यक्रममा महासङ्घ र युनियनका पूर्वअध्यक्षसहितका पत्रकारको उपस्थित थियो । बुधबार राजधानीमा युनियनको केन्द्रीय समिति बैठक सम्पन्न भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस