३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डुबेको अर्थतन्त्रलाई उकास्ने काम गरेको छुः पूर्वअर्थमन्त्री डा. महत

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. रामशरण महतले स्थानीय तहको तेस्रो चरणको निर्वाचनअघि नै संविधान संशोधन प्रस्ताव पारित गराउनका लागि सरकारले इमान्दार प्रयास गर्नुपर्ने बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा उनले भने, “सकेसम्म मधेश केन्द्रित दलसँग सहमति गरेर उनलाई पनि चुनावमा सहभागी गराउनुपर्छ, हामीले यसबारेमा लचकता देखाएका छौँ ।”

नेता डा. महतले जनतालाई छिटो सेवा प्रवाह गर्नका लागि मन्त्रिमण्डल चाँडो विस्तार गर्नुपर्ने बताउँदै अहिलेको सरकार काँग्रेस एक्लैको होइन, केही ढिलाइ भएको छ, अब छिट्टै सरकार विस्तार गर्नुपर्छ, यसमा ढिलो गर्नु हुँदैन भने ।

“हालै संसदको क्षेत्र १६७ बढाएर पूरानै २४० क्षेत्र कायम गर्ने हल्लामा कुनै सत्यता छैन् र काँग्रेस निर्वाचन क्षेत्र बढाउने पक्षमा पनि छैन” भन्दै उनले माघ ७ गतेभित्र सबै निर्वाचन सम्पन्न गर्नुपर्ने संवैधानिक बाध्यता भएकाले यसलाई मध्यनजर गर्दै तत्काल निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्नुपर्नेमा जोड दिए ।

पूर्वअर्थमन्त्रीसमेत रहनुभएका नेता डा. महतले कर फछ्र्यौट आयोगका पदाधिकारीलाई आफूले लुकाएको भनेर आरोप लगाउनु नै हाँस्यस्पद र मिथ्या भएको उल्लेख गर्दै “मैले लुकाएँ भनेर वाहिर हल्ला चलाएको छ, यो जत्तिको हाँस्यस्पद अरु के हुन्छ ?, म माथि लगाइएको आरोप गलत हो, म जहाँसुकै गएर पनि यसको फेस गर्न तयार छु” भने ।

कर फछ्र्यौट आयोग गठन, भ्याट कानूनअन्तर्गत नयाँ आधारमा ऐन, पुँजी लाभकर ऐन, उदार अर्थतन्त्र लगायतका महत्वपूर्ण काम आफू अर्थमन्त्री हुँदा भएको उनले बताए ।

“बाह्र अर्ब राजश्व उठ्ने मुलुकमा म अर्थमन्त्री र काँग्रेसको सरकार हुँदा अहिले ७०० अर्बको राजश्व उठेको छ, यो हामीले कडा कानून नल्याएको भए सम्भव हुन्थ्यो र ?”– महतले भने–, “मैले त डुबेको अर्थतन्त्रलाई उकास्ने काम गरेको छु ।”

अहिलेको सरकार काँग्रेस एक्लैको होइन, केही ढिलाइ भएको छ । अब छिट्टै सरकार विस्तार गर्नुपर्छ, यसमा ढिलो गर्नु हुँदैन ।” रासस

प्रतिक्रिया दिनुहोस