३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘नेपालको अर्थतन्त्रमा वैदेशिक रोजगारीको योगदान महत्वपूर्ण’– प्रधानमन्त्री देउवा

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले दलबीच सहमति भएमात्र ‘निःशुल्क प्रवेशाज्ञा र टिकट’को व्यवस्था पुनरावलोकन हुने बताएका छन् ।

नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको २५औँ साधारणसभाको यहाँ शुक्रबार उद्घाटन गर्दै उनले व्यवसायीबाट निःशुल्क प्रवेशाज्ञाको व्यवस्था पुनरावलोकनको माग आएकाले सो विषयमा सहमतिका लागि आफूले पहल गर्ने जानकारी दिए ।

प्रधानमन्त्री देउवाले वैदेशिक रोजगारीमा गएका नेपालीको मृत्युदर बढिरहेकामा चिन्ता व्यक्त गर्दै यसलाई घटाउन सबै पक्ष सचेत हुनुपर्नेमा जोड दिए ।

उनले भने– तपार्इंहरु विदेशमा कामदार पठाउने मात्रै होइन, उनीहरुको आर्थिक, भौतिक सुरक्षामा समेत ध्यान दिनुहोस् ।

प्रधानमन्त्री देउवाले नेपालको अर्थतन्त्रमा वैदेशिक रोजगारीले गरेको योगदान महत्वपूर्ण रहेको पनि बताए ।

श्रम तथा रोजगारमन्त्री फर्मुल्लाह मंसुरले ‘निःशल्क प्रवेशाज्ञा र टिकट’को व्यवस्था आकर्षक र प्रभावकारी भए पनि कार्यान्वयन हुन नसकेको स्वीकार गरे ।

निःशुल्क व्यवस्थाको उचित लाभ कामदारले पाउन नसकेको उल्लेख गर्दै राजनीतिक दल, मजदुर संगठन र व्यवसायीसँगको छलफलबाट यो व्यवस्था पुनरवलोकनका लागि पहल गरिने बताए ।

राष्ट्रिय मानवअधिकार आयोगका सदस्य सुदीप पाठकले अबको १० वर्षमा नेपालको मानवअधिकारको प्रमुख विषय वैदेशिक रोजगारी हुने टिप्पणी गरे ।

सङ्घको नयाँ नेतृत्वका लागि आज हुने मतदानका लागि विमल ढकाल र रोहन गुरुङ नेतृत्वका दुई समूहको उम्मेदवारी परेको छ ।

नेपाली काँग्रेस निकट लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरम र मधेस केन्द्रित दल निकट तराई वैदेशिक रोजगार फोरमबाट विमल ढकाल नेतृत्वको संयुक्त व्यवसायी समूह तथा नेकपा एमाले निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च र नेकपा माओवादी केन्द्र निकट वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चबाट रोहन गुरुङ नेतृत्वको संयुक्त व्यावसायिक समूहले निर्वाचनमा भाग लिँदैछन् । रासस

प्रतिक्रिया दिनुहोस