२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अनुदानपछि अघि बढ्यो जलविद्युत् आयोजना

अ+ अ-

बागलुङ । सरकारी अनुदान पाउने भएपछि बजेट अभावमा रोकिएको ताराखोला गाउँपालिका– ५ स्थित निर्माणाधीन ताराखोला सामुदायिक साना जलविद्युत् आयोजनाको काम अघि बढेको छ ।

तीन सय ८० किलोवाट क्षमताको उक्त आयोजनालाई वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले रु नौ करोड १२ लाख अनुदान हालै स्वीकृत गरेको छ । वि.सं. २०६८ देखि सुरु भएको आयोजना लगानी अभावमा बीचमै रोकिएको थियो ।

कुल १८ करोडको लागतमा बन्ने उक्त आयोजनाको लागि शुरुमै गाउँपालिकाका दुई हजार २०० घरधुरीले १५ हजारका दरले पाँच करोड पाँच लाख शेयर राखेका थिए । अपुग तीन करोड ८२ लाख ९७ हजारको लागि पुनः शेयर खुलाइएको आयोजनाका अध्यक्ष तीर्थसिँह थापाले बताए ।

सरकारी अनुदान र थप शेयर जुट्ने भएपछि आयोजनाको कामले गति लिएको छ । अध्यक्ष थापाका अनुसार आयोजनाको ७० प्रतिशत काम पूरा भइसकेको छ । टर्बाइनलगायत उपकरण खरिदका लागि ऋण खोजेरै प्रक्रिया अघि बढाएको उनको भनाइ छ ।

ताराखोला गाउँपालिका–५ धस्मरमा विद्युत्गृह निर्माण भइरहेको छ । एक वर्षभित्र सम्पूर्ण काम पूरा गरी विजुली बाल्ने लक्ष्य आयोजनाको छ । उक्त आयोजना बनेपछि ताराखोला गाउँपालिकाका एक हजार सातसय घरधुरी लाभान्वित हुनेछन् ।

निर्माणमा ढिलाई भएपछि आयोजनाको लागत बढेर १८ करोड पुगेको छ । ताराखोला गाउँपालिका– ५ धप्ल्याङ, करिमेला, मपेस र ठूलो खोलाको पानीलाई प्रयोग गरी विद्युत् उत्पादन गर्न लागिएको हो । हिउँदमा ३८० किलोवाट तथा वर्षायाममा करिब पाँच सय किलोवाटसम्म विद्युत् उत्पादन हुने आयोजनाले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस