धरान । सुनसरीको धरान उपमहानगरपालिकामा नेकपा एमाले विजयी भएको छ ।
सोमबार साँझ सकिएको मतगणाना अनुसार धरानको मेयरमा तारा सुब्बा २० हजार ९७५ मतका साथ विजयी भए भने उनका निकटतम प्रतिद्वन्दी कांग्रेसका तिलक राईले १६ हजार २०२ र माओवादी केन्द्रका अइन्द्रविक्रम बेघाले ११ हजार १८० मत पाएका छन् ।
यस्तै उपमेयरमा एमालेकी मन्जु भण्डारी सुवेदीले २१ हजार २५६ मतका साथ विजयी भइन् भने उनकी निकटतम प्रतिद्वन्दी कांग्रेसकी श्यामा रेग्मीले १४ हजार एक सय ९७ मत पाइन् ।
उपमहानगरको २० मध्ये १४ वडा एमालेले जितको छ भने ५ मा कांग्रेस र एकमा माओवादी केन्द्र विजयी भएको छ ।
एमाले वडा न. ३, ४, ६, ७, ८, ९, १०, ११, १२, १३, १५, १६, १९ र २० एमालेले जितेको छ । त्यस्तै कांग्रेसले १, २, ५, १४ र १८ जितेको छ भने माओवादी केन्द्रले वडा नं. १७ जित हासिल गरेको छ ।