गुल्मीको रिडी–रुद्रवेणी–वामीटक्सार सडकखण्ड अवरुद्ध « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

गुल्मीको रिडी–रुद्रवेणी–वामीटक्सार सडकखण्ड अवरुद्ध


२६ असार २०७४, सोमबार


गुल्मी । अविरल वर्षाका कारण गुल्मीको रिडी–रुद्रवेणी–वामी टक्सार सडकखण्ड गएरातिदेखि अवरुद्ध बनेको छ ।

उक्त सडकखण्डअन्तर्गत सत्यवती गाउँपालिकाको उर्लीखोला, डहरे खोला, बादरे भिर र चिउरेनी भिरलगायतका दर्जनौँ ठाउँमा पहिरो खसेका कारण सडक अवरुद्ध बनेको हो ।

जिल्लामा सबैभन्दा बढी सवारीसाधन सञ्चालन हुँदै आएको अति व्यस्त उक्त सडकखण्ड अवरुद्ध बनेपछि त्यस क्षेत्रबाट पाल्पा, बुटवल र काठमाडौँसम्म छुट्ने सवारीसाधन सञ्चालनमा आउन सकेका छैनन् ।

पानी परिरहेको र माथिबाट पहिरो खसिरहेका कारण पहिरो पन्छाउन समस्या भएको र मानिसलाई पैदल हिँड्न पनि समस्या भएको जिल्ला ट्राफिक कार्यालय गुल्मीका प्रमुख प्रेम श्रेष्ठले बताए ।

त्यसैगरी पहिरो गएका कारण गएरातिदेखि गुल्मीको मुसिकोटदेखि तम्घास सडकखण्डसमेत अवरुद्ध बनेको छ । अविरल वर्षाका कारण वर्षाले गुल्मी जिल्लाका तीन दर्जनभन्दा बढी ग्रामीण सडकसमेत अवरुद्ध बनेका छन् । रासस

प्रतिक्रिया दिनुहोस