३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्दिरमा पूजा गरेकोमा दलितमाथि कुटपिट

अ+ अ-

लहान । मन्दिरभित्र पसेर पूजा गरेको भन्दै सप्तरीमा एक दलितमाथि निर्घात कुटपिट गरिएको छ ।

बोदे बसाईन नगरपालिका– ६ का ४२ वर्षीय लीलाधर दास (तत्मा) लाई मङ्गलबार साँझ गैर दलित समुदायका व्यक्तिले कुटपिट गरेका हुन् ।

कुटपिटबाट गम्भरी घाईतेभएका दासलाई बुधबार स्थानीयले उपचारका लागि राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा भर्ना गराएपछि घटना सार्वजनिक भएको हो । घाइते दासको देब्रे हात भाँचिएको छ भने शरीरका अन्य विभिन्न भागमा चोट लागेको छ । राजविराजमा उनको उपचार हुन नसक्ने भएपछि थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको उपचारमा संलग्न स्वास्थ्यकर्मीले जानकारी दिएका छन् ।

स्थानीय डिहीबार थानमा हुने ‘असारी पूजा’ गर्न गएका बेला “हाम्रो भगवान् किन छोएको ?” भन्दै स्थानीय राजकुमार यादव, कासिन्द्र यादव, रामचन्द्र यादव, सकलदेव यादव, जितेन्द्र साह लगायतका व्यक्तिले आफूमाथि अचानक आक्रमण गरेको घाइते दासले जानकारी दिए ।

अन्धाधुन्ध कुटपिट गर्न थालेपछि केही युवाले आफूलाई आक्रमणकारीबाट छुटाएर ज्यान बचाइदिएकोसमेत पीडित दासको भनाइ छ । घटनापछि आफूले इलाका प्रहरी कार्यालय बोदे बसाईनमा ठाडो उजुरीसमेत दिएको बताउँदै उनले प्रहरीले घटनामा खासै चासो नदिएको आरोपसमेत लगाए ।

यता इप्रका बोदे बसाईनका प्रहरी नायब निरीक्षक उमाशङ्कर सिंहले पीडितको उजुरीका आधारमा कुटपिटमा संलग्नलाई नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस