२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

झापामा ७२३ जनप्रतिनिधि छानिँदै

अ+ अ-

झापा । यस जिल्लामा चुनावी माहोल तातेको छ । राजनीतिक दलहरु यतिबेला भोट माग्न घरदैलोमा व्यस्त छन् । कतै बाजागाजा त कहीँ रागाँगाडामा चढेर उम्मेदवार भोट माग्दैछन् ।

स्थानीय तहको निर्वाचनमा झापा जिल्लाबाट ७२३ जना जनप्रतिनिधि निर्वाचित हुन लागेका छन् । जिल्ला निर्वाचन कार्यालयका प्रमुख गोपाल आचार्यका अनुसार १५ स्थानीय तह रहेको झापामा सबैभन्दा बढी मेचीनगर नगरपालिकाबाट ८० जना जनप्रतिनिधि छानिने छन् ।

त्यस्तै, शिवसताक्षीबाट ६०, कनकाई ५०, भद्रपुर ५०, दमक ५५, विर्तामोड ५५, अर्जुनधारा ६०, गौरादह नगरपालिकाबाट ५५ जना प्रतिनिधि निर्वाचित हुन लागेका छन् ।

त्यस्तै, कमल गाउँपालिकामा ३९, कचनकवल ३९, झापा ३९, हल्दिवारी २९, गौरीगञ्ज ३४, बुद्धशान्ति ३९ र बाह्रदशी गाउँपालिकामा ३९ जना जनप्रतिनिधि छानिने छन् । प्रत्येक नगरपालिका र गाउँपालिकाबाट एक/एक जना प्रमुख तथा उपप्रमुख, प्रत्येक वडाबाट एक वडा अध्यक्ष र कम्तीमा दुई महिला सदस्यसहित पाँचजना सदस्य निर्वाचित हुनेछन् । निर्वाचनपछि हुने गाउँसभा र नगरसभाले थप जनप्रतिनिधि चुन्नुपर्ने व्यवस्था रहेको छ ।

झापाको कुल मतदाता सङ्ख्या पाँच लाख १० हजार २१६ रहेकामा पुरुषको सङ्ख्या दुई लाख ५३ हजार ४१५ र महिला दुई लाख ५६ हजार ७९८ रहेको छ । झापामा पुरुष मतदाताभन्दा महिला मतदाता तीन हजार ३८३ ले बढी छन् । झापाको मेचीनगर नगरपालिकामा ७२ हजार ७९४, शिवसताक्षीमा ४४ हजार ६२, भद्रपुरमा ४२ हजार ५७, अर्जुनधारामा ४० हजार ४३०, गौरादहमा ३५ हजार ८८८, दमकमा ४६ हजार ५२३, विर्तामोडमा ४१ हजार २५, कनकाई नगरपालिकामा २५ हजार ७२२, बुद्धशान्ति गाउँपालिकामा २६ हजार ७१६, कचनकवलमा २५ हजार ७४९, बाह्रदशीमा २१ हजार सात, झापामा १९ हजार ५४८, कमलमा २९ हजार ४०२, गौरीगञ्जमा २० हजार ४०१ र हल्दिबारीमा १८ हजार ८९२ जना मतदाता छन् ।

तीन तेस्रोलिङ्गी मतदाता

झापामा तीन जना तेस्रोलिङ्गी मतदानमा सहभागी हुँदैछन् । अर्जुनधारा, शिवसताक्षी र दमक नगरपालिकामा एक/एक जना तेस्रो लिङ्गी मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

६३७ मतदान केन्द्र

असार १४ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि जिल्लामा २८३ मतदानस्थल र ६३७ मतदान केन्द्र तोकिएका छन् । यीमध्ये मेचीनगर नगरपालिकामा १५, शिवसताक्षी नगरपालिकामा ११, भद्रपुर नगरपालिकामा १०, अर्जुनधारा नगरपालिकामा ११, गौरादह नगरपालिकामा ९, दमक नगरपालिकामा १०, बिर्तामोड नगरपालिकामा १०, कनकाई नगरपालिकामा ९, बुद्धशान्ति गाउँपालिकामा ७, कचनकवलमा ७, बाह्रदशीमा ७, झापामा ७, कमलमा ७, गौरीगञ्जमा ६ र हल्दिबारी गाउँपालिकामा ५ वटा मतदान स्थलको व्यवस्था गरिएको छ ।

४८ मतदानस्थल अतिसंवेदनशील

मतदानस्थल र मतदान केन्द्रलाई सुरक्षाको हिसाबले तीन तहमा वर्गीकरण गरिएको छ । जिल्लामा ४८ मतदानस्थल अतिसंवेदनशील, ९६ मतदानस्थल संवेदनशील र १३९ वटा मतदानस्थल सामान्य रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । जिल्लामा एक हजार ९४८ प्रहरी, दुई हजार ८९ जना म्यादी प्रहरी र आवश्यकतानुसार सुरक्षाकर्मी चुनावमा खटाइने भएको छ । रासस

प्रतिक्रिया दिनुहोस