२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जाँदाजाँदै जर्मनी राजदूतले भने– “बिदा मिलाएर घुम्न आउँछु”

अ+ अ-

भीमदत्तनदगर । आफ्नो कार्यकाल पूरा गरी मोटरकार हाँकेर जर्मनी जान लागेका नेपालका लागि जर्मनी राजदूत माथियस मायरले बिदाको समय मिलाएर पश्चिम नेपालका पर्यटकीयस्थल घुम्न आउने बताएका छन् ।

नेपालको कूटनीतिक इतिहासमा पहिलोपटक राजदूत मायरले आफ्नो कार्यकाल पूरा गरी झन्डै ११ हजार किलोमिटरको लामो स्थलयात्रा गर्ने क्रममा आइतबार साँझ कञ्चनपुरको भीमदत्तनगर पुगेका उनले नेपालमा पर्यटकीय सम्भावना बोकेका स्थलहरु धेरै रहेको बताए ।

गाउँबस्ती घुम्ने रहर र सवारी ट्राफिक कम हुने भएकाले आफूले मोटरकारमै जर्मनी जाने निधो गरेको उनले बताए । आइतबार साँझ बसाईका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै जोडिएको शुक्लाफाँटा कटेज पुगेका राजदूत मायरले शुक्लाफाँटा, झोलुङ्गे पुल, जुम्ला, रारालगायतका पर्यटकीयस्थल घुम्नका लागि बिदा लिएर आउने बताए । उनले मुस्ताङ र मनाङलगायतका क्षेत्रमा भ्रमण गरेको स्मरण गर्दै यहाँको कला संस्कृतिको विविधताले आफूलाई लोभ्याएको बताए ।

“मलाई शान्तपूर्ण वातावरणमा बस्ती घुम्दै नयाँ मान्छेसँग परिचय गर्दै गफिन मन पर्छ ।” तीन वर्ष कार्यकाल सकेर स्वदेश फर्किदै गरेका राजदूतले भने– “त्यै भएर पनि मैले स्थलमार्गबाट स्वदेश फर्किने निधो गरेको हुँ ।” “सधैँ विमानमा मात्रै कति आवतजावत गर्ने ? उनले प्रश्न गरे ।”

उनी सोमबार बिहान पश्चिमी नाका गड्डाचौकी हुँदै भारततर्फ प्रस्थान गरेका छन् । भारतबाट पाकिस्तान–इरान–टर्की हुँदै युरोपेली देश प्रवेश गर्ने उनले बताए । नेपालको पर्यटकीय विकासका लागि जर्मनीको निरन्तर साथ र सहयोग रहने उनले बचन दिए । “लामो यात्राले थकित भएकाले शुक्लाफाँटा र महाकाली नदीको झोलुङ्गे पुल हेर्न जान सकिन ।” उनले भने– “कर्मचारी भएपछि सरुवा हुने, अर्को आउने चक्र नै हो ।” रासस

प्रतिक्रिया दिनुहोस