२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राप्रपाद्वारा बैतडीमा उम्मेदवार घोषणा

अ+ अ-

बैतडी । स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि राप्रपाले बैतडीका १० वटै स्थानीय तहमा उम्मेदवारको नाम टुङ्गो लगाएको छ ।

दशरथचन्द नगरपालिका प्रमुखमा पुष्करराज जोशी (लख्खा भाइ), उपप्रमुखमा अम्बिका भण्डारी, पाटन नगरपालिका प्रमुखमा रणबहादुर विष्ट, उपप्रमुखमा रमा भण्डारी, पुर्चौडी नगरपालिका प्रमुखमा बृजलाल पन्त, उपप्रमुखमा पूर्णिमा बम तथा मेलौली नगरपालिका प्रमुखमा सुरेन्द्रबहादुर चन्द र उपप्रमुखमा चन्द्रकला साउदको नाम टुङ्गो लगाएको राप्रपाका जिल्ला अध्यक्ष प्रेम चन्दले जानकारी दिए ।

यस्तै, शिवनाथ गाउँपालिका अध्यक्षमा रामसिंह साउद, उपाध्यक्षमा सुन्दरी महता, सिगास गाउँपालिकामा अध्यक्षमा रामसिंह साउद, उपाध्यक्षमा राजमति धामीको नाम टुङ्गो लगाएको छ ।

दोगडाकेदार गाउँपालिकामा अध्यक्षमा इन्द्रदेव शरण भट्ट, पञ्चेश्वर गाउँपालिका अध्यक्षमा वीरेन्द्रबहादुर चन्द, सुर्नया गाउँपालिका अध्यक्षमा देवबहादुर चन्द, डिलासैनी अध्यक्षमा देवदत्त नाथको नाम टुङ्गो लगाएको छ भने उपाध्यक्षको नाम टुङ्गो लगाउन बाँकी रहेको छ ।

बाँकी रहेका उपाध्यक्षको नाम र जिल्लामा रहेका ८४ वटै वडामध्ये केही वडामा चुनावी प्रचारप्रसारसँगै उम्मेदवारको टुङ्गो लगाउने काम भइरहेको राप्रपा बैतडीले जनाएको छ ।

उम्मेदवारको टुङ्गो लगाउन बाँकी रहेका स्थानमा छलफल चलिरहेकाले केही दिनमै टुङ्गो लाग्ने राप्रपाका जिल्ला अध्यक्ष चन्दले बताए ।

मुख्य दल नेपाली काँगे्रसले जिल्लामा उम्मेदवार टुङ्गो लगाउन नसक्दा केन्द्रमा पठाएको छ भने नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नयाँ शक्ति नेपालले उम्मेदवारको टुङ्गो लगाइसकेका छन् ।

उम्मेदवार घोषणासँगै बैतडीका राजनीतिक दलहरुले चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका छन् । स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै बैतडीमा पनि चुनावी माहोल तात्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस