२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुर्घटनामा परी १० घाइते

अ+ अ-

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी मध्यविन्दु–८ अरुणखोला र चोरमारा जङ्गलमा आज बिहान भएको सवारी दुर्घटनामा परी १० जना घाइते भएका छन् जसमध्ये चारको अवस्था गम्भीर छ ।

काठमाडौँबाट कपिलवस्तु हिँडेको लु १ ख ७०४६ नंको बसले सोही दिशाबाट आउँदै गरेको ना ६ प १०९५ नं.को ट्रकलाई पछाडिबाट ठक्कर दिँदा सो दुर्घटना भएको थियो ।

दुर्घटनामा परी बसमा सवार १० जना घाइते भएका छन् । घाइते हुनेहरुमा रुपन्देही, कपिलवस्तु, बागलुङ र अर्घाखाँची घर भएका यात्रु रहेका छन् । घाइतेहरुलाई उपचारका लागि सामुदायिक अस्पताल, डन्डा पठाइएको प्रहरीले जनाएको छ ।

यात्रुहरु जोखिम मोलेर यात्रा गर्न बाध्य

यसैबीच, नवलपरासीको एकमात्र पहाडी सडकखण्ड दलदले–बलिङटार सडकखण्डमा यतिबेला यात्रु पूर्णरुपमा जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन् ।

बर्साको मौसम सुरु भएलगत्तै पहाडी क्षेत्रमा सडक बिग्रिन पुग्दा पहाडी साविक १७ वटा गाविसमा पुग्ने अधिकांश यात्रु जोखिम मोल्न बाध्य भएका हुन् ।

दलदले–बुलिङ्टार चल्ने सबै सवारी साधनमा यात्रुहरु छतमाथि बसेर यात्रा गर्न बाध्य छन् । विशेषगरी जोखिमपूर्ण पहाडी सडक अझ सवारी साधनको छतको यात्राका कारण यात्रु दोहोरो जोखिम उठाएर यात्रा गर्दै आएका हुन् ।

पहाडी डेढगाउँ, रतनपुर, कोटथर, डाँडाझेरी, बुलिङ्टार, अर्खला, जौबारी, भारतीपुर, मिथुकरम, नरम, रुचाङ, रकुवा, धौबादीलगायतका पहाडी गाविसमा जान यात्रु जोखिमको यात्रा गर्दै आएका छन् ।

यात्रुहरु सवारी साधनको छतमाथि बसेर यात्रा गर्न बाध्य भएपछि जोखिमपूर्ण सडकमा थप जोखिम बहन गरी यात्रा गर्न बाध्य भएका हुन् । सो सडकको दूरी करिब ४५ किलोमिटर रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस