२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खाडो खोला पस्दा एक दर्जन गाउँ डुब्ने खतरा, तिलाठीमा बाँध फुट्यो

अ+ अ-

राजविराज । लगातार तीन दिनदेखि परेको अविरल वर्षासँगै खाडो खोलामा आएको बाढीले सप्तरीको दक्षिणी र उत्तरी भेगका एक दर्जनभन्दा बढी गाउँ डुबानमा पर्ने खतरा रहेको छ ।

पूर्वी पहाडी जिल्ला र सप्तरीलगायतका तराईका ठाउँमा लगातार परेको वर्षाले खाडो खोलामा आएको बाढीले जिल्लाको सोनरा, पकरी, दिघवा, डुमरी शिवथान, महदेवा, कजोली, सकरपुरा, रम्पुरा मल्हनिया र तिलाठीलगायतका गाउँ डुब्ने खतरा रहेको स्थानीयवासीले बताएका छन् ।

अहिले खाडो खोलामा आएको बाढीले तेजगतिमा पानी बग्न थालेपछि पानीको वेगले नेपाल–भारत सिमानासँग जोडिएको दशगजा क्षेत्रअन्तर्गत निर्माण गरिएको बाँध फुटेको छ ।

जिल्लाको तिलाठीस्थित नेपाल–भारत सिमानामा निर्माण गरिएको बाँध करिब ५० मिटर फुटेर पानी बगिरहेको राजविराजबाट भारतीय बजार कुनौलीमा सामान किनमेलका लागि गएका श्याम रजकले बताए ।

साथै, बाँध फुटेपछि त्यहाँ आवतजावतमा समेत समस्या भइरहेको बताइएको छ ।

यस्तै, राजविराजबाट भारतको कुनौली बजार सामान किनमेलका लागि मोटरसाइकलमा गइरहेको अवस्थामा सो बाढीमा परेर राजविराज नगरपालिका–८ निवासी रामचन्द्र दासको मोटरसाइकल बगाएको प्रहरीलाई उध्दृत गर्दै स्थानीयवासीले जनाएका छन् ।

सो मोटरसाइकलमा सवार दासलाई भने स्थानीय र प्रहरीले उद्धार गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

यसैबीच, बाँध फुटेको ठाउँमा अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली त्यसतर्फ गएको प्रहरी नायब उपरीक्षक यादवराज उप्रेतीले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस