२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घाँटी रेटिएको अवस्थामा शव बरामद

अ+ अ-

धनुषा । धनुषाको नेपाल भारत सीमास्थित घाँटी रेटिएको अवस्थामा एक जनाको शव बरामद भएको छ ।

धनुषाको जनकनन्दनी गाउँपालिका– १ स्थित सिमावर्ती क्षेत्रमा शुक्रबार राति सो शव बरामद भएको हो । राति करिब साढे ८ बजे स्थानीय रामबाबु यादवको घर पछाडी अन्दाजी ३० वर्षीय पुरुषको धारिलो हतियारले घाँटी रेटिएको अवस्थामा शव बरामद भएको इनर्वा प्रहरीचोकीका प्रहरी सहायक निरीक्षक राधेमोहन साहले जानकारी दिए ।

शवपरीक्षणका लागि जनकपुर अञ्चल अस्पताल ल्याइएको छ । घटनास्थलबाट दुईवटा घडी बरामद भएकोे र उक्त स्थानमा लछारपछार भएको जस्तो देखिएकाले कुनै विवादका कारण घटना भएको हुनसक्ने आशङ्का गरिएको धनुषाका प्रहरी उपरीक्षक लालमणि आचार्यले जानकारी दिए ।

उनका अनुसार हत्या भएका व्यक्तिको सनाखत हुन नसकेपनि घटना सीमावर्ती क्षेत्रमा भएकाले नेपाली हुन् वा भारतीय नागरिक बताउन गाह्रो छ । त्यस घटनाको विषयमा भारतीय प्रहरीसङ्ग समेत समन्वय गरी अनुसन्धान र दोषीको खोजीकार्य जारी रहेको प्रहरी उपरीक्षक आचार्यले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस