बाटो काट्ने क्रममा युवतीको मृत्यु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

बाटो काट्ने क्रममा युवतीको मृत्यु


२२ जेष्ठ २०७४, सोमबार


काठमाडौँ । बसको ठक्करबाट सोमबार बिहान बसुन्धरामा एक युवतीको मृत्यु भएको छ ।

जेब्रा क्रसिङबाट बाटो काट्ने क्रममा ना४ख ४२६२ नं.को बसले ठक्कर दिँदा सुनसरी घर भई हाल सुकेधारा बस्ने २३ वर्षीया रवीना चौधरीको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरीवृत्त चक्रपथका प्रमुख गोविन्द पुरीले जानकारी दिए । प्रहरीले बस र बसका चालक विनय तामाङलाई नियन्त्रणमा लिएको छ । रासस

प्रतिक्रिया दिनुहोस