२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालमा मनसुन सामान्यभन्दा चाँडै हुने

अ+ अ-

काठमाडौँ । मौसमी प्रणालीमा आइरहेको फेरबदलले यो वर्ष मनसुन चाँडै हुने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ ।

सामान्यतयाः जुन १० बाट नेपालमा मनसुन सुरु हुने गर्छ । तर, यसवर्ष भने नेपालमा मनसुन सामान्यभन्दा केही दिन अगाडि सुरु हुने प्रणाली विकास भएकोे मौसमविद् सुवास रिमालले जानकारी दिए ।

“जुन १० बाट सुरु हुनुपर्ने मनसुन नेपालमा केही चाँडो आउने देखिएको छ”–उनले भने ।

सामान्यतयाः १० जुनमा पूर्वी नेपालबाट मनसुन प्रवेश गरी केही दिनमा देशभर फैलिने गर्छ । यसवर्ष भने नेपालमा मनसुन चाँडो हुने देखिएको छ ।

दक्षिण एसियामा, मनसुन बङ्गालको खाडी हुँदै उत्तर पूर्वतिर अगाडि बढ्ने गर्छ । हालसम्मको मौसमी नक्सा तथा भू–उपग्रहको चित्रबाट प्राप्त सूचनाका आधारमा पूर्वी र मध्य बङ्गालको खाडीमा तथा बङ्गालादेशको मध्य भागसम्म मनसुन विकसित भइसकेको हुँदा, नेपालमा मनसुन केही दिन अगाडि भित्रिने अनुमान महाशाखाले गरेको छ ।

पूर्व मनसुन र मनसुनको सङ्घारमा रहेकाले नेपालमा अहिले बदलीसँगै वर्षात् गराएको मौसमविद् रिमालको भनाइ छ ।

यसका साथै बङ्गालको खाडीबाट सतही रुपमा आइरहेको जलवास्पयुक्त हावा तथा भारतको विहार आसपासमा न्यूनचापीय प्रणाली विकास भएकाले त्यसको असरस्वरुप नेपालका धेरै स्थानमा बदली भएको छ ।

योसँगै मनसुन रेखा पनि स्थापित हुँदै गरेकाले बदली र वर्षात् गराएको हो । देशभरि नै वर्षात् गराउने प्रणाली विकास भएकाले मङ्गलबार र बुधबार सामान्यभन्दा ठूलो वर्षात् हुने र देशका धेरै स्थानमा बदली रहने मौसमविद् रिमालले बताए ।

आइतबार वर्षकै बढी गर्मी महसुस

यसैबीच वर्षात् गराउने प्रणाली विकसित नहुँदा राजधानी उपत्यकासहित मुलुकभर अत्यधिक तापक्रम बढेको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार उपत्यकामा आइतबार यो वर्षकै बढी तापक्रम ३२ डिग्री सेल्सियस पुगेको छ । तापक्रम बढेपछि वर्षकै बढी गर्मी महसुस गरिएको महाशाखाले जनाएको छ ।

महाशाखाले आज बिहान ८ः४५ मा राखेको विवरणअनुसार काठमाडौँको अधिकतम तापक्रम ३२ र न्यूनतम २१ डिग्री सेल्सियस रहेको छ । देशका अधिकांश भेगमा बदली भएकाले आजको तापक्रम २९ देखि ३० को हाराहारीमा पुग्ने अनुमान महाशाखाको छ ।

महाशाखाका अनुसार आज देशका धेरै स्थानमा बदली भएको छ । अहिले पूर्वी पहाडी र मध्यका उपत्यकासहितका क्षेत्रमा वर्षात् भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस