परीक्षाउपयोगी विशेष श्रृंखला २३ « प्रशासन
Logo ५ श्रावण २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

परीक्षाउपयोगी विशेष श्रृंखला २३


१७ जेष्ठ २०७४, बुधबार


आ व २०७४/७५ को वजेट अनुसार अर्थतन्त्रका चुनौति, उद्देश्य र प्राथमिकताहरु

अर्थतन्त्रका चुनौतिहरु

♦ संघीयता कार्यान्वयन
♦ कार्यान्वयन क्षमता वृद्धि
♦ आन्तरिक उत्पादन र उत्पादकत्व वृद्धि
♦ औपचारिक अर्थतन्त्रको विकास
♦ समयवद्ध पुननिर्माण
♦ सार्वजनिक निर्माणको गुणस्तरीयता
♦ शासकीय क्षमता अभिवृद्धि

वजेटका उद्देश्यहरु

♦ संविधान कार्यान्वयनलाई सहयोग गर्ने ।
♦ दिगो, समावेशी, उच्चदरको आर्थिक वृद्धि हाँसिल गर्ने ।
♦ समष्टिगत आर्थिक स्थायित्व कायम गर्ने ।
♦ राज्यद्वारा प्रदान गर्ने सेवामा आम नागरिकको पहुँच वृद्धि गर्ने ।

वजेटका प्राथमिकताहरु

♦ संघीयता कार्यान्वयन
♦ भूकम्पबाट क्षतिग्रस्त संरचनाहरुको पुननिर्माण
♦ रोजगारीका अवसरमा वृद्धि
♦ उत्पादन र उत्पादकत्वमा वृद्धि
♦ राष्ट्रिय गौरवका आयोजनाको कार्यान्वयनमा तीव्रता
♦ कृषिको आधुनिकीकरण, व्यवसायीकरण र यान्त्रिकीकरण
♦ जलविद्युत उत्पादन, प्रशारण र वितरण
♦ सडक, रेलमार्ग र अन्तराष्ट्रिय विमानस्थल र स्तरोन्नति
♦ पर्यटन पूर्वाधारको विकास र प्रवर्द्धन
♦ शिक्षा, स्वास्थ्य, खानेपानी र सरसफाईमा लगानी
♦ बैंक तथा वित्तीय संस्थाको नियमन र व्यवस्थित संचालन
♦ अत्यावश्यक उपभोग्य वस्तुहरुको सुदृढ, आपुर्ती, भण्डारण र वितरण
♦ सार्वजनिक प्रशासन र सेवा प्रवाहमा सुधार

Source: Budget Speech (Nepali), www.mof.gov.np

वस्तुगत प्रश्नहरु

१. प्रशिद्ध चुम उपत्यका कुन जिल्लामा पर्दछ ?
(क) सोलुखुम्वु           (ख) गोरखा           (ग) मनाङ          (३) दोलखा

२. Which is the country with least population in the world ?

३. मेसोपोटामिया प्राचिन सभ्यता विकास भएको एउटा स्थान हो जुन हाल इराकमा पर्दछ । शाव्दिकरुपमा मेसोपोटामिया भनेको Land of two rivers हुन्छ । ती नदीहरु कुन कुन हुन ?

४. तल दिइएको खाली स्थानमा मिल्ने संख्या कुन होला ?

१७
?
२३

५. नेपालभित्र नै १७०० कि मी र भारत, नेपाल, भूटान र चीनको तिव्वतसमेतको लम्वाइ जोड्दा लगभग ४५०० किमी लम्वाइ रहने The Great Himalayan Trail को उच्चतम विन्दु समुद्र सतहबाट कति उचाइमा रहने वताइएको छ ?

सही उत्तरहरु:

१. (ख) गोरखा
२.Vatican City (with population of 451 : Source-www.worldatlas.com)
३. युफ्रेटस र टिग्रिस
४. १८ (पहिलो र दोश्रोको योगफलमा दोश्रो लहरकै संख्या फेरी जोडेर आउने योग)
५. 6200 m

छोटो प्रश्नोत्तर

 

१. विपत व्यवस्थापनका सम्वन्धमा पूर्वतयारी र उत्थानशीलता भन्नाले के वुझिन्छ उल्लेख गर्नुहोस् ।

पूर्वतयारी: संभावित सन्निकट वा हालको प्रकोप घटना अथवा प्रकोप अवस्थाका असरहरुको प्रभावकारी ढंगले पुर्वानुमान गर्न सक्ने, प्रतिकार्य गर्नसक्ने र त्यसबाट पुनर्लाभ लिन सक्ने सरकारी निकाय, पेशागत/व्यवसायिक प्रतिकार्य तथा पुनर्लाभ संस्था, समुदाय र स्वयं व्यक्तिहरुद्वारा विकसित ज्ञान तथा क्षमता ।

Preparedness: The knowledge and capacities developed by governments, professional response and recovery organizations, communities and individuals to effectively anticipate, respond to, and recover from, the impacts of likely, imminent or current hazard events or conditions.

उत्थानशीलता: प्रकोप सम्मुखतामा रहेका प्रणाली, समुदाय वा समाजमा अन्तरनिहित क्षमता जसले प्रकोपका असरहरुलाई समयमा नै प्रभावकारी ढंगले प्रतिरोध, शमन वा समायोजन गर्नुका साथै पूर्वावस्थामा फर्कन सामर्थ गराउँदछ । यस अन्तरगत आधारभूत संरचना वा सेवा प्रणालीको संरक्षण एवं पुनर्स्थापना लगायत पर्दछन् ।

Resilience: The ability of a system, community or society exposed to hazards to resist, absorb, accommodate to and recover from the effects of a hazard in a timely and efficient manner, including through the preservation and restoration of its essential basic structures and functions.

(स्रोतः गृह मन्त्रालयबाट प्रकाशित विपद जोखिम न्युनिकरणसम्वन्धी शव्दावली, Terminology on Disaster Risk Reduction नामक पुस्तिकाबाट साभार)

 

२. नेपालको सन्दर्भमा महिलाको भूमिका सम्वन्धमा चर्चा गर्नुहोस् ।

परिवार र समाजमा महिलामात्रको भूमिकालाई देहायका चार वर्गमा राखेर हेर्न सकिन्छ:

• Reproductive role  (प्रजनन सम्वन्धी भूमिका): यस अन्तर्गत महिलाले गर्नुपर्ने घर गृहस्थीकाका कामहरु पर्दछन् । पहिलो काम जैविक काम हो जसअन्तर्गत बच्चा जन्माउने काम पर्दछ भने दोश्रो काम सामाजिक काम हो जसअन्तर्गत घरायसी, पैसा आम्दानी नहुने काम, स्वस्थरुपले जीवनमा नगरी नहुने काम, जन्मदेखि नमरुन्जेलसम्म सँधै गरिरहनुपर्ने काम, स्वास्थ्य हेरविचार, बच्चा र बुढाबुढी, परिवारको स्याहारसुसार तथा लालनपालन सम्वन्धी कामका साथै पकाउने, खुवाउने, सरसफाई जस्ता अन्य घरायसी कामहरु पनि यसै अन्तर्गत पर्दछन् ।

• Productive role   (उत्पादनमूलक भूमिका): यस अन्तर्गत प्रत्यक्ष आर्थिक लाभ वा आर्थिक मूल्य भएको काम, खेतवारीमा काम गर्ने, दाउरा बोक्ने, खेताला जाने, वजारमा विक्री गर्न जाने, कृषि उत्पादन जस्ता कामहरु पर्दछन् ।

• Community role (सामुदायिक भूमिका): समाजमा बसी समाजका लागि गरिने सामाजिक कामहरु, सामुदायिक कल्याण वा विकासको लागि गरिने कामहरु, सामुदायिक निर्णय, कार्यान्वयन, नियन्त्रण जस्ता कुराहरु यस अन्तर्गत पर्दछन् ।

Policy role:   (नीतिगत भूमिका): नीति निर्माण तहमा वा आधा आकाशको प्रतिनिधित्व रहनुपर्ने कार्यकारी वा व्यवस्थापकीय निकायमा महिलाको उपस्थितिको विशेष अर्थ रहन्छ । कुनै माध्यमबाट सार्वजनिक सरोकारको तह वा पदमा पुगेका महिलाहरुले आफ्नो कार्यसम्पादन इमान्दार भएर सम्पादन गर्दछन् । देश र समाजको हीतलाई शिरोधार गर्नेहुँदा महिला संलग्न भएको कार्यालय वा काममा भ्रष्टाचार पनि कम भएको अध्ययनले देखाएको छ ।

 

र, यो पनि पढ्नुहोस् 

लोकसेवा सम्बन्धि थप बस्तुगत र छोटा प्रश्नोत्तर

नोट: नेत्र सुवेदी “प्रयास” द्वारा प्रस्तुत श्रृखंला १ देखि २२सम्मका परीक्षापयोगी सामग्रीहरु समेत अध्ययन गरी लाभ लिनुहुन पाठकवर्गमा अनुरोध छ । यसका लागि हाम्रो होमपेजको Gk & IQ Corner मा क्लिक गर्नुहोला । साथै यो स्तम्भलाई थप उपयोगी वनाउन विद्वान पाठकहरुको सुझावको समेत आशा गरिएको छ । -सम्पादक

 

शुरु देखि हालसम्मका सबै श्रृंखलाहरु हेर्नका लागि यो लिंकमा क्लिक गर्नुहोस्

http://www.prasashan.com/category/iq-corner/

Tags :
प्रतिक्रिया दिनुहोस