३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मादलको संरक्षणमा जुटे रोल्पामा बादी समुदाय

अ+ अ-

रोल्पा । चाडपर्व तथा नाचगानको वेला बजाइने मादल लोप हुन लागेको बेला रोल्पा इरिवाङका बादी समुदाय भने मादलको संरक्षणमा जुटेका छन् ।

परम्परागत पेसाका रुपमा मादल बनाएर जीविकोपार्जन गरिरहेका उनीहरु पेसा सङ्कट पर्न थालेपछि अन्य पेसा अँगाल्न बाध्य भएका थिए । पुर्खाले गर्दै आएको पेसा भएपनि जमानाअनुसार मादलको विकल्पमा अन्य वाद्य सामग्री भित्रिएपछि उनीहरुको पेसा सङ्कटमा पर्दै आएको हो ।

मादल बनाउने परम्परागत पेसा लोप हुन लागेको तथा प्रविधि पनि हस्तान्तरण गर्ने भन्दै घरेलु तथा साना उद्योग विकास समिति रोल्पामा पेसा प्रवद्र्धन तालिम मागेअनुसार जिल्लाका बादी समुदायका १२ जनाका लागी ४५ दिने मादल बनाउने तालिम सम्पन्न गरिएको छ ।

लोप हुन लागेको पेसालाई संरक्षण गर्दै आधुनिकीकरण गरी आयआर्जनमा समेत सहयोग पु¥याउने उद्देश्यका साथ सो तालिम सञ्चालन गरिएको घरेलु तथा साना उद्योग विकास समिति, रोल्पाका कार्यालय प्रमुख बालकृष्ण आचार्यले बताए ।

दुईखोली गाउँपालिकाको इरिवाङमा रहेका १८ घरधुरी बादी समुदायका लागि सरकारले केही वर्ष पहिले घर बनाइदिएको थियो । सरकारले बनाइदिएको घरबाहेक अन्य जग्गा नभएको रामचन्द्र बादीले बताए ।

पेट पाल्नका लागि मादल बनाउने पेसा छाडेर अन्य पेसा अँगाल्न थालेको बेला मादल बनाउने तालिमले आफ्नै पेसातर्फ फर्केर परम्परा बचाइ राख्न मद्दत गरेको तालिमका सहभागी रामचन्द्र बादीले बताए ।

आफूहरुको आर्थिक अवस्था कमजोर रहेका कारण पेसा प्रवद्र्धनका लागि सरोकारवालाबाट सहयोगको अपेक्षा गरेको तालिममा सहभागी निर्मला बादीले जानकारी दिए ।

आठ महिलासहित १२ जनालाई सो तालिम दिइएको घरेलु तथा साना उद्योग विकास समिति रोल्पाले बताएको छ । तालिममा उत्साहका साथ सहभागिता जनाएका कारण पेसाप्रति इमान्दारिताका साथ लाग्नेमा आफू आशावादी भएको कार्यालय प्रमुख आचार्यले बताए ।

पेसा सजिलो, आयआर्जन हुने र स्थानीयस्तरमै कच्चा पदार्थसमेत उपलब्ध हुने भएका कारण निरन्तरता पाउनेमा आफू आशावादी रहेको आचार्यले बताए ।

उनीहरुले उद्यम दर्ता गरी उद्यम थप विकास गर्न चाहेमा उद्यम विकास कोषमार्फत महिला उद्यमीका लागि बिनाधितो ऋण उपलब्ध गराउन सकिने आचार्यले बताए । तालिमपश्चात् उनीहरुलाई तालिममा प्रयोग भएका मेसिन औजार पनि उनीहरुलाई नै हस्तान्तरण गरिएको छ ।

परम्परागत पेसा छोड्दै ज्याला–मजदुरी तथा माछा मार्ने काममा लाग्न थालेका उनीहरुको परम्परागत पेसालाई निरन्तरता दिने सोचका साथ सो तालिम सञ्चालन गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस