२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इमान्दारीपूर्वक चुनाव लड्नु आफैँमा जितः बिजुक्छे

अ+ अ-

भक्तपुर। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले इमान्दारीपूर्वक र नैतिकरुपमा चुनाव लडेर सैद्धान्तिक मत पाउनु आफैँमा निर्वाचनमा जित हासिल गर्नुसरह भएको बताएका छन् ।

अध्यक्ष बिजुक्छेले झूटो आश्वासन बाँडेर वा पैसा, जागिर, लोभलालच देखाएर चुनाव जित्नुभन्दा कम मत आएपनि इमान्दारीपूर्वक र नैतिकरुपमा चुनाव लड्नु पनि नैतिक विजय भएको बताए ।

नेमकिपा सूर्यविनायक नगर समन्वय समितिले सनिबार आयोजना गरेको कार्यकर्ता भेला तथा धन्यवाद कार्यक्रममा अध्यक्ष बिजुक्छेले कम मत आएपनि नेमकिपा कार्यकर्ताले निराश हुनु आवश्यक नभएको बताउँदै हारेको सिपाही झन् राम्रोसित लड्छ भन्ने उखान चरितार्थ गर्दै कार्यकर्तालाई सचेत र सङ्गठित हुँदै जनतामाझ जान आग्रह गरे ।

उनले भने– “पैसा, लोभलालचमा बिकेर भोट बेच्ने गलत संस्कार र बानीले भोलि देश नै गुम्ने खतरा छ । जनतालाई सचेत र सङ्गठित पार्ने काम निरन्तर आवश्यक छ ।”

उत्पादन श्रमसँग जोडिएको शिक्षाको निम्ति ख्वप विश्वविद्यालय अगाडि बढाइएको जानकारी दिँदै उनले भक्तपुर जिल्ला शिक्षाको मात्र नभई स्वास्थ्यको पनि नमुना जिल्लाका रूपमा अगाडि बढिरहेकाले यस अभियानमा कार्यकर्ता तथा जनताले निरन्तर साथ र सहयोग गर्नुपर्ने आवश्यकता औँल्याए ।

नेमकिपा भक्तपुर जिल्ला समितिका कार्यबाहक अध्यक्ष सुरेन्द्रराज गोसाईले नेमकिपाले जित्यो भने समाजवादी विचारले जरा गाड्छ भन्ने डरले जे–जसरी भएपनि चुनाव जित्ने अभियानका साथ अन्य पार्टीहरू चुनावी मैदानमा उत्रेको आरोप लगाए ।

नेमकिपा सूर्यविनायक नगर समन्वय समितिका संयोजक सूर्यभक्त त्वातीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा समितिका सहसंयोजक रामेश्वर बोहरा, महेन्द्र बखुन्छें र नेक्राम सङ्घ, सूर्यविनायक नगर समितिका अध्यक्ष मनशोभा त्वातीलगायतले निर्वाचनको समीक्षा गरेका थिए । रासस

प्रतिक्रिया दिनुहोस