२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘हलो क्रान्तिका नायक अधिकारीको सम्झना’

अ+ अ-

काठमाडौँ । २००६ सालका हलो क्रान्तिका नायक श्रीकान्त अधिकारीको सम्झना गरिएको छ ।

दुरद्रष्टा श्रीकान्त अधिकारी प्रतिष्ठानले अधिकारीको ९० औँ जन्मजयन्तीका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा २००६ सालमा लमजुङ जिल्लाको दुराडाँडामा ब्राम्हणले हलो जोतेर सामाजिक अभियानको थालनी गरेका ‘हलो क्रान्तिका नायक’ अधिकारीको सम्झना गरिएको हो ।

लमजुङको दुराडाँडामा जन्मिएका अधिकारीले लमजुङ मात्र नभएर मुलुककै सामाजिक, आर्थिक र राजनीतिक विकासमा ठूलो भूमिका खेलेका थिए । उनी २०१५ सालमा निर्वाचन क्षेत्र नं. १०० बाट नेपाली काँग्रेसको तर्फबाट निर्वाचित सांसद बनेका थिए ।

कार्यक्रममा सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले सामाजिक क्षेत्रमा परिवर्तन गर्नुपर्ने मान्यताअनुरुप अधिकारीले हलो क्रान्तिको थालनी गर्नुभएको बताए । उनले भने, “दुराहरुको उद्गमस्थल रहेको दुराडाँडाको शैक्षिक विकासमा अधिकारीको ठूलो योगदान रहेको छ ।”

उनले प्रजातन्त्रको उद्गमस्थलको रुपमा रहेको दुराडाँडाको विकास र विस्तारका लागि प्रतिष्ठानलाई महत्वपूर्ण भूमिका खेल्न आग्रह गरे ।

काँग्रेस लमजुङ क्षेत्र नं. २ का सांसद चन्द्रबहादुर कुँवरले लमजुङको राजनीतिक, आर्थिक र सामाजिक विकासमा अधिकारीको ठूलो योगदान रहेको बताए । उनले प्रतिष्ठानको विकासका लागि आफूले गर्ने सहयोग गर्न तयार रहेको बताए ।

प्रतिष्ठानकी अध्यक्ष गायत्री अधिकारीले अधिकारीले अगाडि सार्नुभएको विकास निर्माणका कामलाई अगाडि बढाउन प्रतिष्ठानले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

सदैव आदर्शको राजनीतिक गर्नुपर्छ भन्ने मान्यता बोक्नुभएका अधिकारीको २०६९ साल कात्तिक ३० गते निधन भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस