२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माओवादी केन्द्र र एमाले रुकुमद्वारा उम्मेदवारको टुङ्गो

अ+ अ-

रुकुम । आगामी जेठ ३१ गते दोस्रो चरणमा हुने स्थानीय तहको निर्वाचनका लागि यहाँ नेकपा माओवादी केन्द्र र नेकपा एमालेले उम्मेदवारको टुङ्गो लगाएका छन् । जिल्लाका छ स्थानीय तहमा पहिलो चरणमा निर्वाचन भयो भने बाँकी तीनवटा स्थानीय तहमा दोस्रो चरणमा निर्वाचन हुँदैछ ।

दोस्रो चरणमा निर्वाचन हुने सिस्ने, भुमे र पुथाउत्तरगङ्गा गाउँपालिका सबैमा उम्मेदवारको टुङ्गो लगाएको दुवै पार्टीले जानकारी दिएका छन् ।

यी गाउँपालिकामध्ये नेकपा माओवादी केन्द्र पुथाउत्तरगङ्गा गाउँपालिकाको अध्यक्षमा ओमप्रकाश घर्ती, उपाध्यक्षमा ओमकुमारी शाही मल्ल, भुमे गाउँपालिकाको अध्यक्षमा रामसुर बुढा, उपाध्यक्षमा मञ्जु विष्ट र सिस्ने गाउँपालिकाको अध्यक्षमा कुमारी बराल, उपाध्यक्षमा गोवद्र्धन बुढालाई उम्मेदवार बनाउने निर्णय गरेको जिल्ला इन्चार्ज तेजबहादुर ओलीले जानकारी दिए ।

यस्तै, एमालेले पनि सिस्ने गाउँपालिकाको अध्यक्षमा नन्दलाल शर्मालाई, उपाध्यक्षमा नुमेन्द्रा खड्कालाई, भुमे गाउँपालिकाको अध्यक्षमा आशा स्वर्णकार, उपाध्यक्षमा कमानसिङ डाँगी र पुथाउत्तरगङ्गा गाउँपालिकाको अध्यक्षमा भिउमान घर्ती र उपाध्यक्षमा सीता घतानलाई टिकट दिने निर्णय गरेको एमाले प्रचार विभाग उपसंयोजक कर्णबहादुर ओलीले जानकारी दिए ।

अध्यक्ष र उपाध्यक्षको टुङ्गो लागेपछि दलहरु वडा अध्यक्ष र सदस्यको टुङ्गो लगाउने तयारीमा जुटेको बताएका छन् । नेपाली काँग्रेसले भने छलफलमा रहेकाले अबको एक/दुई दिनमा सबै उम्मेदवारको टुङ्गो लाग्ने बताएको छ । गाउँपालिका अध्यक्ष उपाध्यक्ष र वडा अध्यक्ष तथा सदस्य सबैको एक साथ टुङ्गो लगाउनु पर्ने भएकाले केही दिन ढिला भएको जिल्ला सभापति प्रेमप्रकाश ओलीले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस