३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्कुल बसको ठक्करले छात्राको मृत्यु

अ+ अ-

पर्सा । वीरगन्जको महावीरस्थान चोकमा आइतबार बिहान स्कुल बसले ठक्कर दिँदा १४ वर्षीया छात्राको मृत्यु भएको छ ।

कादम्बरी एकेडमी विद्यालयको ना२ख ८९३ नं.को बसले ठक्कर दिँदा वीरगन्जको महावीरस्थान चोक निवासी राम अग्रवालकी १४ वर्षीया छोरी दिया अग्रवालको घटनास्थलमै मृत्यु भएको हो ।

दिल्ली पब्लिक स्कुल, वीरगन्जको कक्षा ९ मा अध्ययन गर्ने दिया विद्यालयको बस समात्नका लागि सडक पार गर्दा कदम्बरी एकेडमीको बसले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको जिप्रका, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिए ।

सवारी दुर्घटनाको विरोधमा मृतकका अफन्त तथा स्थानीयवासीले बसलाई घटनास्थलमा रोकी सडक अवरुद्ध गरेको प्रवक्ता जोशीले बताए ।

मदिरा सेवन गरेको र ६५ वर्षभन्दा बढी उमेर भएका व्यक्तिलाई बस चलाउन लगाई विद्यालयले बच्चाको ज्यान जोखिममा पारेको आरोप लगाउँदै विद्यालय व्यवस्थापन समेतलाई कारबाही गर्न माग गर्दै पीडित पक्षले सडक अवरुद्ध गरेको नायब उपरीक्षक जोशीले जानकारी दिए ।

घटनाको विरोधमा अहिले वीरगन्जको आदर्शनगर बजारसमेत बन्द गरिएको छ ।

बसमा बन्धक बनाई राखिएका चालकलाई छुटाउने प्रयासमा लागिएको जिप्रका, पर्साले जनाएको छ ।

अवरुद्ध सडक खुलाउन स्थानीय भद्रभलाद्मीहरुसँग छलफल चलिरहेको र चाँडै समस्या समाधान भई सडक सञ्चालन हुने नायब उपरीक्षक जोशीले बताए ।

शव परीक्षणका लागि वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस