परीक्षोउपयोगी विशेष श्रृखंला २१ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

परीक्षोउपयोगी विशेष श्रृखंला २१


३ जेष्ठ २०७४, बुधबार


सार्वजनिक सेवा प्रवाहमा नागरिक उत्तरदायित्व प्रवर्द्धनका केही मोडलहरु

नेपाल: घुम्ती सेवा, मुस्कानसहितको सेवा, सामाजिक परीक्षण

दक्षिण अफ्रिका: Batho Pele/People’s first

बेलायत: नागरिक बडापत्र, Social Audit Panel

फ्रान्स: Accountability Centre

जापान: Deliberative Council

भारत: ग्राम पञ्चायत

 

वस्तुगत प्रश्नहरु

१. लिम्वु समुदायमा प्रकृतिप्रदत्त ६ वटा चिजलाई “सिर्जनामाता” भन्ने गरिन्छ ?
२.BRIC=Brazil, Russia, India and China भए MINT= ?
३. रेड पाण्डा लामटाङ राष्ट्रिय निकुञ्जको विशेष पहिचान भएजस्तै शुक्लाफाँटा बन्यजन्तु आरक्षणमा पाइने प्रमुख जन्तु कुन हो ?
४. How can we divide 12 digits in a clock into 3  groups with equal value ?
५. सार्वजनिक वित्तीय व्यवस्थापनका विविध पक्षमा सुधार गर्नेगरी सार्वजनिक खर्च तथा वित्तीय उत्तरदायित्व (Public Expenditure and Financial Accountability=PEFA) सचिवालयको स्थापना नेपालमा कहिले भएको हो ?
(क) सन् २००४ (ख) सन् २००७ (ग) सन् २००९ (घ) सन् २०१२

सही उत्तरहरु:

१. जल, वायु, सूर्य, चन्द्र, माटो र वनस्पति
२. Mexico, Indonesia, Nigeria and Turkey
३. बाह्रसिंगा
४. (12+1+4+9, 11+10+5, 8+7+6+3+2)
५. (ग) सन् २००९

 

छोटो प्रश्नोत्तर

१. जलवायु परिवर्तनको संक्षिप्त परिचय दिँदै जलवायु परिवर्तन हुन नदिन वा असर कम गर्न अपनाउनुपर्ने उपायहरु सम्वन्धमा संक्षिप्तमा प्रकाश पार्नुहोस् ।

नियमितरुपमा चल्दै आएको मौसमको अवस्था र प्रणालीमा देखिने उतरचढाव वा परिवर्तन नै जलवायु परिवर्तन हो । यो विषय वर्षाप्रणाली र तापक्रमसँग सम्वन्धित विषय हो । मूलतः मानवीय कृयाकलापहरु जस्तो कि भौतिक विकास र बनजंगल विनाश का कारण हरितगृह ग्याँस वृद्धि हुनाले तापक्रमको वृद्धि हुनु नै जलवायु परिवर्तनको प्रमुख कारण मानिन्छ ।
जलवायु परिवर्तन हुन नदिन वा हरित गृह ग्याँस उत्सर्जन हुन नदिने उपाय भनेकै एउटै कुरा हो । केही प्रमुख उपाय यसप्रकार हुन सक्दछन्:
•कार्वन उत्सर्जन घटाउने (पेट्रोलियम पदार्थको अति प्रयोग घटाउने, औधोगिक प्रणालीमा सुधार गर्ने, डढेलो आगलागी तथा बनफडानी रोक्ने)
•कार्वन शोषणमा वृद्धि गर्ने:हरियाली बढाउने

जलवायु परिवर्तनसँग जुध्ने २ वटा रणनीति प्रमुखरुपमा प्रयोगमा आएको पाइन्छ:
•माथि उल्लेख भएजस्तै जलवायु परिवर्तनबाट हुनसक्ने असर न्युनिकरणका उपायहरु अवलम्वन गर्न (Mitigation)
•जलवायु परिवर्तन अनुकूलनका विधिहरु अपनाई जीवनयापन गर्नु एवं विकास निर्माण कृयाकलाप संचालन गर्नु (Adaptation)

 

२.औपचारिक र अनौपचारिक संस्था अन्तर्गत के के पर्दछन् रु संक्षिप्त सूचि वनाउनुहोस् ।

राजनीति, प्रशासन तथा विकासमा समेत प्रत्यक्ष असर रहने संस्थागत विकासको प्रशंग उठ्दा औपचारिक वा अनौपचारिक कुन संस्था भन्ने चासो रहनु स्वभाविक नै हो । यहाँ तिनै औपचारिक र अनौपचारिक संस्थामा के कस्ता पक्षहरु समेटिन्छन् भन्ने छोटो टिपोट यहाँ दिइएको छस्

औपचारिक संस्था
• पैतृक सम्पत्ति, नागरिकता र विवाहलाई व्यवस्थित गर्ने कानुन र कार्यविधि
• शिक्षा र स्वास्थ्यको संरचना तय गर्ने नीतिहरु
• अदालती प्रणाली
• स्थानीय, प्रादेशिक र राष्ट्रियस्तरमा निर्वाचित सरकार संचालनको विधि र प्रणाली
• नागरिकले सरकार भनेर चिन्ने संरचना वा संगठन र सोको संचालन पद्धति

अनौपचारिक संस्था
• व्यवहार, मूल्य र मान्यता (Behaviors, values and norms)
• सामाजिक सांस्कृतिक परिवेश
• चालचलन, संस्कार, संस्कृति, प्रवृत्ति, मनोवृत्ति

 

लोकसेवा सम्बन्धि थप बस्तुगत र छोटा प्रश्नोत्तर

 

नोट: नेत्र सुवेदी “प्रयास” द्वारा प्रस्तुत श्रृखंला १ देखि २० सम्मका परीक्षापयोगी सामग्रीहरु समेत अध्ययन गरी लाभ लिनुहुन पाठकवर्गमा अनुरोध छ । यसका लागि हाम्रो होमपेजको Gk & IQ Corner मा क्लिक गर्नुहोला । साथै यो स्तम्भलाई थप उपयोगी वनाउन विद्वान पाठकहरुको सुझावको समेत आशा गरिएको छ । -सम्पादक

 

शुरु देखि हालसम्मका सबै श्रृंखलाहरु हेर्नका लागि यो लिंकमा क्लिक गर्नुहोस्

http://www.prasashan.com/category/iq-corner/

Tags :
प्रतिक्रिया दिनुहोस