२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दिनहुँ बाघ हेर्न पाइएपछि पर्यटक बढ्दै

अ+ अ-

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा केही महिनायता दिनहुँ पाटेबाघ देख्न पाइएपछि पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आएका आन्तरिक तथा बाह्य पर्यटक दिनहुँ पाटेबाघ देख्न पाएपछि रमाउन थालेका छन् । विगत केही महिनादेखि निकुञ्जमा पाटेबाघसँगै गैँडा, जङ्गली हात्तीलगायतका वन्यजन्तु दिनहुँ देख्न पाइएको निकुञ्ज प्रशासनले बताएको छ ।

पर्यटकको सिजन सुरु हुने बेलामै बर्दिया निकुञ्जमा दिनहुँ पाटेबाघ देखिएपछि निकुञ्ज अवलोकन गर्न आउने पर्यटकको बढ्दो आगमनले निकुञ्ज आसपास ठाकुरद्वाराका होटल व्यवसायी पनि खुसी भएका छन् ।

बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको बासस्थान राम्रो भएकाले गर्मी बढ्न थालेपछि पानीमा बाघ पौडीन आउनाले निकुञ्जभित्रै रहेको कर्णाली नदीको भँगालो किनारमा रहेको तिनकुनेमा दिनहुँ पाटेबाघ देख्न पाइएको बर्दिया राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत रमेश थापाले बताए ।

पचासवटा वयस्क, छवटा अर्ध वयस्क पाटेबाघ रहेको बर्दिया राष्ट्रिय निकुञ्जमा ३७ वटा गैँडा, १०० भन्दा बढी जङ्गली हात्ती, ३० हजार भन्दा बढी चित्तललगायतका वन्यजन्तु रहेका छन् । तराई क्षेत्रको सबैभन्दा ठूलो संरक्षित क्षेत्र मानिने बर्दिया राष्ट्रिय निकुञ्ज ९६८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जमा थालिएको बाघ गणना सकिएकाले अब केही दिनमा बाघको सङ्ख्या सार्वजनिक गरिने बताइएको छ । यस पटकको बाघ गणनामा बर्दियामा पाटेबाघको सङ्ख्या वृद्धि हुने निकुञ्जले अनुमान गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस