३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्यासुन्दरका सय दिनका १०१ योजना सार्वजनिक

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका तर्फबाट काठमाडौँ महानगरपालिकाको प्रमुखका उम्मेदवार विद्यासुन्दर शाक्यले आफूले जितेपछि सय दिनमा गर्ने १०१ कार्यक्रम मंगलबार सार्वजनिक गरेका छन् ।

उनको योजनाअनुसार जन्मदेखि मृत्युसम्म चाहिने सामग्रीसहितको “मिनी असन बजार” विभिन्न ठाउँमा सञ्चालनका लागि अध्ययन गर्ने, राज्यले दिँदै आएको मासिक सामाजिक सुरक्षा भत्तामा थप गरी ५००० हजार पुर्याउने र त्यस्तो भत्ता बैङ्कमार्फत् सिधैँ पठाउने, “ग्रिन एन्ड क्लिन काठमाडौँ” अभियान तथा विद्युतीय सुशासन कार्यक्रम शुभारम्भ गर्नेलगायत छन् ।

यस्तै ‘घरघरमा अचम्मको सियो र गज्जबको चुलो’ कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम पनि शाक्यको प्रतिवद्धतामा उल्लेख छ । उनको समग्र प्रतिवद्धता यसअघि सार्वजनिक भइसकेको छ ।

‘कौसीखेती तथा गार्डेनः घरघरमा जैविक तरकारी खेती’ का लागि आवश्यक बाकस, मल, प्लास्टिक टनेलसहितको प्रविधिका लागि प्रोत्साहनस्वरुप अनुदानको व्यवस्था गर्ने, न्यून शुल्कमा बिरुवा उत्पादनका लागि नर्सरी निर्माण गर्ने समेत उनले प्रतिवद्धता जनाएका छन् ।

पत्रकार सम्मेलनमा एमालेका नेता शङ्कर पोखरेलले आफ्नो पार्टीले विगतमा स्थानीय तहको जिम्मेवारी पाउँदा आरम्भ गरेका आधुनिक र विकासका कामलाई निरन्तरता दिँदै थप उपलब्धि हासिलका लागि यी कार्यक्रम अघि सारिएको बताए ।

महानगरपालिकाका पूर्व प्रमुख केशव स्थापितले प्रस्तावित १०१ कार्यक्रम सबै कार्यान्वयन गर्न सकिने खालका भएको र यस कार्यक्रमका कारण अन्य पार्टीका कार्यकर्तामा पनि एमालेप्रतिको आकर्षण बढ्ने ठोकुवा गरे । रासस

प्रतिक्रिया दिनुहोस