सुशीला कार्कीमाथिको महाअभियोग महिलाप्रतिको हेर्ने दृष्टिकोण नै नराम्रो « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सुशीला कार्कीमाथिको महाअभियोग महिलाप्रतिको हेर्ने दृष्टिकोण नै नराम्रो


प्रशासन विशेष ब्युरो

१७ बैशाख २०७४, आइतबार


काठमाडौं। बरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठले प्रधानन्यायाधिश सुशीला कार्कीमाथि लगाइएको महाअभियोगलाई महिलाप्रतिको दृष्टिकोणसंग जोडेका छन् ।

बरिष्ठ अधिवक्ता श्रेष्ठले भने -‘महिलाप्रति नेपाली काँग्रेसको दृष्टिकोण राम्रो नरहेको कुरा प्रष्ट भएको छ, कार्किलाई पहिला नियुक्ति गर्दा पनि तीन महिना समय लम्ब्यायो र पछि जयबहादुर चन्दलाई आइजीपी बनाउन खोज्दा कार्किले नमानेपछि प्रतिसोधले यस्तो गरेको हो ।’ अहिले पनि माओवादी भन्दा कंग्रेसले नै महाअभियोगमा मुख्य भूमिका खेलेको श्रेष्ठको ठहर छ ।

उनले भने– ‘आखिर यो टिक्दैन । यो पास पनि हुँदैन । एमालेले आजै प्रतिक्रिया दिइसक्यो गलत कुरा हो भनेर ।’

प्रतिक्रिया दिनुहोस