प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसदमा महाअभियोग दर्ता-पदबाट निलम्बित « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसदमा महाअभियोग दर्ता-पदबाट निलम्बित


प्रशासन विशेष ब्युरो

१७ बैशाख २०७४, आइतबार


काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भएको छ।

नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस नेकपा माओवादी केन्द्रका सांसदहरूले कार्कीविरुद्ध आइतवार दिउँसो संसदमा महाअभियोग प्रस्ताव दर्ता गरेका हुन्।

प्रधानन्यायाधिश कार्कीमाथि कार्यकारी अधिकारमाथि हस्तक्षेप गरेको, शक्ति पृथकिकरणको सिद्धान्तमा आँच पुर्याएको,आइजिपी प्रकरणमा पहिलोलाई दोस्रो र दोस्रो हुनेलाई पहिलो बनाई कामसु तोडमोड गरेर फैसला गरेको, न्यायालयको स्वतन्त्रतामा हस्तक्षेप गर्दै सिमित न्यायाधीसलाई इजलासमा राखेको,न्यायालयको गरिमा र स्वच्छतामा आघात पुर्याएको, कार्यविधि र कानुनको पालना नगरेको, सर्वोच्च अदालतभित्र गुटबन्दी गरेको तथा न्यायसम्पादन स्वतन्त्रतापूर्वक नगरेकोजस्ता आरोप रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस