गजल « प्रशासन
Logo ७ चैत्र २०७९, मंगलबार
   

गजल


१५ बैशाख २०७४, शुक्रबार


हामीले बनाएको घरमा बस्छौ तिमी
किन हो हाम्रा अधिकार डस्छौ तिमी

घुम्छौ हाम्रै पसिनाले बनेको बाटो
तर डोरीले हाम्रा खुट्टा कस्छौ तिमी

तिमी पनि मान्छे नै हौ, बदलिनु पर्छ
यस्तै हो भने एक दिन फस्छौ तिमी

तिमी फोहर गर्छौं हामी सरसफाई
तर सभ्य हुनुको अवीर घस्छौ तिमी

दुनिया हुँदासम्म मात्र तिम्रो पछि छ
नस्वीकारे भड्खालोमा खस्छौ तिमी

प्रतिक्रिया दिनुहोस