२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सहमतिमै संविधान संशोधन हुन्छः मन्त्री नायक

अ+ अ-

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायकले प्रतिपक्ष दल नेकपा(एमाले)कै सहभागितामा संविधान संशोधन हुने बताएका छन् ।

शुक्रवार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको कार्यक्रममा मन्त्री नायकले देशको समस्या समाधान गर्नका लागि प्रमुख प्रतिपक्ष दलको पनि ठूलो भूमिका रहने भएकाले कुनै पनि हालतमा एमाले संविधान संशोधनका लागि सहभागी हुने बताए ।

मन्त्री नायकले दोस्रो चरणको निर्वाचनको मिति तय गर्दाको अवधि धेरै लामो भयो भन्ने कुरामा टिप्पणी गर्दै भने, “निर्वाचनको मिति हामीले निर्वाचन आयोगसँग परामर्श गरेर नै तय गरेका छौँ, त्यसैले सहमतिका साथ अघि बढ्नुको विकल्प छैन ।”

कार्यक्रममा नेपाली काँग्रेसका नेता महेन्द्र यादवले संविधान कार्यान्वयन गर्न पनि संशोधन गर्नुपर्नेमा जोड दिए । एमालेका केन्द्रीय सल्लाहकार केशवप्रसाद बडालले संविधान संशोधन प्रस्ताव राष्ट्रको हितविपरीत हुन लागेको भन्दै एमाले कुनै पनि हालतमा संशोधन प्रक्रियामा सहभागी नहुने दोहोर्याए ।

राष्ट्रिय जनता पार्टीका नेता अनिलकुमार झाले संशोधन प्रस्ताव पारितका लागि एमालेलाई सहयोग गरिदिन आग्रह गर्दै संशोधन प्रस्ताव पास नभए देश द्वन्द्वमा जाने चिन्ता व्यक्त गरे । रासस

प्रतिक्रिया दिनुहोस