३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महिलालाई उद्यमीका लागि १० लाख ऋण दिइने

अ+ अ-

काठमाडौँ । उद्योगमन्त्री नवीन्द्रराज जोशीले १० वर्षभित्र नेपाली युवा रोजगारीका लागि विदेश जानै नपर्ने गरी स्वदेशमै रोजगारी बढाउन एउटा स्थानीय तहमा कम्तीमा एउटा उद्योग स्थापना गर्ने योजना भइरहेको बताएका छन् ।

घरेलु तथा साना उद्योग महासङ्घले आयोजना गरेको १३ औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा नवीनतम प्रविधि प्रदर्शनी–२०७४ को समापन कार्यक्रममा मन्त्री जोशीले प्रत्येक महिलालाई उद्यमी बन्नका लागि प्रोत्साहन गर्न जनही १० लाख ऋण दिने योजनाबारे जानकारी दिएका हुन् । महासङ्घका अध्यक्ष श्यामप्रसाद गिरीले व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र (रिकास्ट)सँग प्राकृतिक रेशाबाट नरम धागो बनाउने प्रविधिको विकास गर्ने सम्बन्धमा खोज तथा अनुसन्धान तथा प्रविधि विकास गर्ने सहमति भएको बताए ।

कार्यक्रममा उत्कृष्ट प्रविधिमा प्रदीप नेपाल, नवीन आविष्कारमा सुमन पौडेल, उत्कृष्ट महिला उद्यमीमा सीता मल्ल, उत्कृष्ट उद्यमीमा बुद्ध ह्यान्डिक्राफटका नीलम ताम्राकार र स्वचालित धारा प्रणालीका रवीन गिरी घोषित भए । उत्कृष्ट हुनेलाई भारतको औद्योगिक भ्रमण गराइने आयोजकले जनाएको छ ।

वैशाख ७ देखि ११ गतेसम्म सञ्चालित प्रदर्शनीमा करिब सात करोडभन्दा बढी कारोबार भएको बताइएको छ । प्रदर्शनीमा घरेलु उत्पादनका दुई सय १६ कक्ष थिए जसमा भारत, पाकिस्तान, बङ्गलादेश र चीनका ३० कक्ष थिए । रासस

प्रतिक्रिया दिनुहोस