अल्ट्रा धाविका मीरा राईलाई सम्मान « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

अल्ट्रा धाविका मीरा राईलाई सम्मान


१२ बैशाख २०७४, मंगलबार


इटहरी । किरात मञ्च नेपालको आयोजनामा इटहरीस्थित तयारारिप्ची सभा भवनमा सोमबार आयोजित कार्यक्रममा विश्व अल्ट्रा धाविका मीरा राईलाई नगदसहित सम्मान गरिएको छ ।

किरात राई यायोक्खाको तयारारिप्ची भवनमा भएको सम्मान कार्यक्रममा पूर्वमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का नेता गोपाल किरातीले उक्त नगद पुरस्कारसहित सम्मानपत्रबाट मीरा राईलाई सम्मान गरिएको हो ।

नेता किरातीले अल्ट्रा धाविका राईलाई ५० हजार नगद एवम् सम्मानपत्र प्रदान गर्दै राईले सानै उमेरमा पु¥याउनुभएको योगदान नेपालका लागि उच्च मूल्याङ्कनयोग्य रहेको कुरामा जोड दिदै एक आदिवासी जनजाति किशोरीले विश्वमा नै धाविका बनेर नेपाल चिनाउने साहसिक काम गरेकोमा गौरव गर्नु पर्दछ भने ।

नेसनल ज्योग्राफी एन्ड नेचर एडभेन्चर्स अफ द इयर–२०१६ की बिजेता भोजपुरकी मीरा राईलाई सम्मान गर्न पाउनु पनि गौरवको विषय भएको उल्लेख गर्दै नेता किरातीले मीरा राईप्रति हामी नेपालीले गौरव गर्नुपर्नेमा पनि जोड दिए ।

किरात मञ्च नेपालले किरात राई सुन्नीमा सङ्घ, सुनसरी, किरात राई यायोक्खा प्रारम्भिक कार्य समिति, सुनसरी र किरात राई सुन्नीमा प्रारम्भिक कार्य समिति, सुनसरीले उनलाई सम्मान गरेको हो । रासस

Tags :
प्रतिक्रिया दिनुहोस