जङ्गली च्याउ खाँदा एकै परिवारका छ बिरामी « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

जङ्गली च्याउ खाँदा एकै परिवारका छ बिरामी


१२ बैशाख २०७४, मंगलबार


इलाम । जङ्गली च्याउ खाँदा इलाम देउमाई–१० साङरुम्बाका एक वृद्धसहित एकै परिवारका छ जना सिकिस्त विरामी भएका छन् ।

जिल्ला प्रहरी कार्यालय इलामका अनुसार च्याउ खाँदा देउमाई नगरपालिका–१० का ४६ वर्षीय देउमान लिम्बू, ५५ वर्षीय सुकपाल लिम्बू, २४ वर्षीय शेसे लिम्बू, २० वर्षका साङ्बो लिम्बू, १७ वर्षीया तेरुहाङ लिम्बू र ७५ वर्षीया दलहाङमा लिम्बू सिकिस्त भएका हुन् ।

सोमबार आफ्नै घरको बारीमा फलेको च्याउको तरकारीसँग खाना खाएपछि उनीहरु बिरामी परेका हुन् ।

च्याउ खाएर बिरामी भएका सबैको अवस्था गम्भीर रहेको इलाम अस्पतालका हेल्थ असिस्टेन्ट टिका लुइँटेलले जानकारी दिए । उनीहरूलाई इलाम अस्पतालमा सामान्य उपचार गरेर सोमबारै थप उपचारका लागि धरानतर्फ रेफर गरिएको अस्पतालले जनाएको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस