बागमती सफाइ अभियानलाई कुनै दलको कार्यक्रमको रूपमा प्रस्तुत नगरिदिनोस् « प्रशासन
Logo ८ चैत्र २०७९, बुधबार
   

बागमती सफाइ अभियानलाई कुनै दलको कार्यक्रमको रूपमा प्रस्तुत नगरिदिनोस्


लिलामणि पौडेल

१० बैशाख २०७४, आइतबार


काठमाडौं । नेपालमा रहँदा बागमती सफाइ अभियानको अगुवाइ गरेका पूर्वमुख्य सचिव एवं चीनका लागि नेपाली राजदूत लीलामणी पौड्यालले बागमती सफाइ अभियानलाई राजनीतिकरण नगर्न आग्रह गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोष्ट गर्दै पौड्यालले बागमती सफाई अभियानमा लागेकाहरू कुनै राजनैतिक दलमा लाग्नै नहुने वा दलमा सामेल भएपछि अभियान छोड्नुपर्ने भन्ने नभएको बताएका छन् । पौड्यालले पोष्ट गरेका अपिलको पूर्ण पाठः

चीन । राम साहजीले बागमती सफाई महाअभियानको २०६ हप्ता पुराभएको दिन सम्भव त अन्तिम भनेर गरेको पोस्टले मलाई दुखित बनाएकोछ । साथै किशोर थापाजीको विषयलाई लिएर उठेको बहसको विवेकपूर्ण निकास खोज्नुमा लाखौं अभियन्ताहरूको भावनाको कदर हुनेछ।

लहडले होइन, ब्यक्तिगत स्वार्थ र अहमले पनि होइन धेरै चुनौती पारगर्दै आएको यस महान अभियानको आदर्श र मर्म बमोजिम धेरै त्यागगर्ने र योगदान दिने सबैको भावनाको कदर गर्दै सबै अभियन्ताहरूलाई संगसंगै अगाडी बढ्न हार्दिक आह्वान गर्छु।

बागमती सफाई अभियानमा लागेकाहरू कुनै राजनैतिक दलमा लाग्नै नहुने वाँ दलमा सामेल भएपछि अभियान छोड्नुपर्ने भन्ने हुंदैहोइन । बागमती सफाइ अभियानलाई दलीय प्रचारको वा कुनैदलको कार्यक्रमको रूपमा प्रस्तुत नगरि दिनोस्। त्यति भए पुग्छ। यो अभियान कुनैदलको होइन भन्नुको अर्थ यो सबैदल , क्षेत्र, लिंड्ग, जाती,भाषा,धर्मको हो।

रामसाह वा किशोर थापा वा अरू थुप्रै अभियन्ताहरूले उत्तेजना वा लहडमा यती ठुलो योगदानबाट यहाँसम्म आएको अभियान छोड्नु हुनेछैन भन्ने विश्वास लिएकोछु।

Tags :
प्रतिक्रिया दिनुहोस