३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गोरखामा लोडसेडिङ हट्यो

अ+ अ-

गोरखा । ट्रान्सफर्मरको क्षमता आवश्यकभन्दा कम हुँदा पाँच वर्षदेखि अनियमित विद्युत्भार कटौतीको मार खेप्दै आएका गोरखावासीले प्राविधिक कारणबाहेक अब चौबिसै घन्टा बिजुलीको प्रयोग गर्न पाउने भएका छन् ।

मागअनुसार विद्युत् वितरण गर्न नसकिएपछि गोरखा सदरमुकामस्थित विद्युत् सबस्टेसनमा महेन्द्रज्योति, नयाँबजार र खोप्लाङमा फिडर बनाएर आलोपालो विद्युत् वितरण गरिँदै आएको थियो । ट्रान्सफर्मरको क्षमता अभिवृद्धि गरी सञ्चालनमा ल्याएपछि नयाँ वर्षदेखि नै गोरखा विद्युत्भार कटौतीमुक्त जिल्ला भएको हो ।

ट्रान्सफर्मरको क्षमता अभिवृद्धि गरी सञ्चालनमा ल्याएपछि नयाँ वर्षदेखि नै गोरखा विद्युत्भार कटौतीमुक्त जिल्ला भएको हो ।

जिल्लाभर केन्द्रीय प्रसारण पुगेका क्षेत्रमा करिब २० हजार पोलमध्ये १५ हजार काठका पोल गाडिएका छन् । ती पोल धमिला लागेका, घाम, पानीले मक्किएकाले विद्युत् रोयल्टीमार्फत आएको छ करोडबाट फलामे पोल खरिद गरी काठका पोल परिवर्तन गर्न थालिएको छ ।

नेपाल विद्युत् प्राधिकरण गोरखा वितरण केन्द्रका प्रमुख अमृतबाबु अधिकारीका अनुसार सबस्टेसनबाट विद्युत् वितरण गरिएका जिल्लाका सबै क्षेत्रमा विद्युत्भार कटौती गरिएको हो । हालै सबस्टेसनमा छ मेगाभोल्ट एम्पायर क्षमताको ट्रान्सफर्मर जडान गरिएको छ ।

गोरखामा यिमित विद्युत् उपलब्ध गराउन मुच्चोकमा हालै निर्माण भएको दरौँदी ‘ए’ जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् सहयोगी बन्यो । ‘रन अफ द रिभर’ प्रकृतिको आयोजनाबाट छ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । कालिका हाइड्रोपावर कम्पनीले करिब एक अर्ब २० करोड लगानीमा बनाएको उक्त आयोजनाबाट उत्पादित विद्युत् गत पुसदेखि सबस्टेसनमा जडान गरी वितरण गरिँदै आइएको छ ।

गोरखा र पालुङटार नगरपालिकासहित नौ गाउँपालिकाका अधिकांश ठाउँमा केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेको छ । उत्तरी भेगका १५ बढी गाविसवासीले लघुजलविद्युत्बाट उत्पादित विद्युत प्रयोग गर्दै आएपनि भूकम्पले क्षति पु¥याएका केही आयोजना बजेट अभावले मर्मत हुन सकेका छैनन् । विद्युत् प्रयोग गर्दै आएका उपभोक्ताले विकल्पमा सोलार ऊर्जाको प्रयोग गरेका छन् । मुच्चोक, सिम्जुङ, सौरपानी, हंसपुरलगायत गाउँमा अझै केन्द्रीय प्रसारण लाइन पुगेको छैन । रासस

प्रतिक्रिया दिनुहोस