जिप दुर्घटनामा एकको मृत्यु, दुइ घाइते « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

जिप दुर्घटनामा एकको मृत्यु, दुइ घाइते


१० बैशाख २०७४, आइतबार


बस दुर्घटना

पाल्पा । रिब्दीकोट गाउँपालिका– ७ कातडी भन्ने स्थानमा आइतवार बिहान जिप दुर्घटना हुँदा त्यसका मालिक रिब्दीकोट गाउँपालिका– ७ पालुङका २४ वर्षीय दानबहादुर गाहाको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा परी घाइते भएका सोही स्थानका ४५ वर्षीय प्रेमबहादुर गाहा र निजका नौवर्षीय छोरा भूपेन्द्रको अहिले तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा पठाइएको मुझुङ प्रहरी कार्यालय जनाएको छ ।

रिब्दीकोटको पिपलडाँडाबाट तानसेनतर्फ आउँदै गरेको सो जिप दुर्घटना भई डेढ सय मि तल खसेको मुझुुङ प्रहरी कार्यालयका प्रमुख गोपाल पुनले जानकारी दिए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस