राजविराज । सप्तरीको शम्भुनाथ नगरपलिका–८ मा करेन्ट लागेर आइतवार बिहान एक बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय सुनिलकुमार दासको नौ वर्षीया छोरी विभाहकुमारी दास रहेको इलाका प्रहरी कार्यालय, कल्याणपुरले जनाएको छ । नुहाउने क्रममा पानी तान्ने मोटरमा नाङ्गो तारमा अचानक छुँदा विभाहलाई करेन्ट लागेको थियो ।
करेन्ट लागेर गम्भीर घाइते भएकी उनको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै सप्तरीमा दुई दिन अगाडि पनि करेन्ट लागेर दुईजनाको मृत्यु भएको थियो । रासस