किर्गिजस्तानका प्रतिपक्षी दलका केही महत्वपूर्ण नेतालाई काराबास सजाय « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

किर्गिजस्तानका प्रतिपक्षी दलका केही महत्वपूर्ण नेतालाई काराबास सजाय


५ बैशाख २०७४, मंगलबार


किर्गिजस्तान । किर्गिजस्तानको एक अदालतले यहाँको प्रतिपक्षी दलका कैयौँ सदस्यलाई राज्य विद्रोहको षड्यन्त्र गरेको भनी चार वर्षदेखि २० वर्षसम्मको जेल सजाय हुनेगरी सोमबार निर्णय सुनाएको छ ।

प्रतिपक्षी नेता अनेस्ट केरिबेकोभलाई २० वर्षको काराबाससँगै उनको सम्पूर्ण सम्पत्ति प्रशासनको नियन्त्रणमा लिनेगरी अदालतको फैसला आएको छ ।

त्यसैगरी किर्गिजस्तानको संसदका पूर्व सदस्य कुवा निचवेक कादयरोभ र जलालाबादका पूर्व गभर्नर अवाद ओबलास्ट बेस्टर असानोभ तीनै जनालाई १२ वर्षको काराबास सजाय तोकिएको छ । त्यस्तै उस्तान सर्यगुलोभलाई चार वर्षको जेल सजाय तोकेको छ ।

सन् २००६ मा उनीहरुसहित प्रतिपक्षी दलका कैयौँ सदस्यलाई किर्गिजस्तानको राष्ट्रिय सुरक्षा समितिले राज्य विद्रोह गरी सत्ता हत्याउने प्रयास गरेको आरोपमा पक्राउ गरिएको थियो । रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस