राष्ट्रपति भारत भ्रमणमा जाँदा र आउँदा दुवै दिन सार्वजनिक विदा « प्रशासन
Logo ९ आश्विन २०७९, आइतबार
   

राष्ट्रपति भारत भ्रमणमा जाँदा र आउँदा दुवै दिन सार्वजनिक विदा


३ बैशाख २०७४, आइतबार


काठमाडौँ । सरकारले राष्ट्रपति विद्या भण्डारीले गर्ने भारतको राजकीय भ्रमणका लागि जाने दिन र स्वदेश फर्कने दिन गरी दुइ दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

आइतबार अपराह्न बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रपतिको भोलिदेखि हुने भारतको भ्रमण अनुमोदन गर्दै सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

राष्ट्रपति भण्डारीले भारत बसाईको क्रममा भारतिय राष्ट्रपति प्रणव मुखर्जी, उपराष्ट्रपति हमिद अन्सारी, प्रधानमन्त्री नरेन्द्र मोदी लगायतसँग शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ । ५ दिने राजकीय भ्रमण पूरा गरी राष्ट्रपति भण्डारी आगामी शुक्रबार स्वदेश फर्कने कार्यक्रम छ ।

Tags :
प्रतिक्रिया दिनुहोस