१५ चैत्र २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुगड समूहले तीनवटा जलविद्युत आयोजना बनाउने

अ+ अ-

काठमाडौँ । सरकारको सहजीकरणपछि निजी क्षेत्रका लगानीकर्ता एकपछि अर्को गर्दै जलविद्युत् क्षेत्रमा लगानी गर्न उत्साहित भएका छन् ।

नेपालको व्यावसायिक घराना एमभी दुगड समूहले स्वदेशी पुँजी परिचालन गरेर १५७ मेगावाट क्षमताका तीनवटा जलविद्युत् आयोजना निर्माण सुरु गरेको छ ।

एकैपटक १५७ मेगावाटको तीन ठूला आयोजना निर्माण सुरु गर्ने एमभी दुगड समूह पहिलो व्यावसायिक घरानाको रुपमा स्थापित भएको छ । ऊर्जामन्त्री जनार्दन शर्मा, ऊर्जा सचिव अनुपकुमार उपाध्याय, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले संयुक्त रुपमा आयोजनाको शिलालेख अनावरण गरे ।

निर्माण सुरु भएको घोषणा गर्दै ऊर्जामन्त्री शर्माले सरकारको योजनाअनुसार नै औद्योगिक घराना जलविद्युत् आयोजना निर्माणमा लाग्दा सकारात्मक सन्देश फैलिएको बताए । निजी क्षेत्रले उठाउँदै आएको समस्या समाधान गर्न सरकारले केही नीतिगत सुधार गरेको र केही सुधारको क्रममा रहेको मन्त्री शर्माले बताए ।

ऊर्जा सचिव उपाध्यायले निजी क्षेत्रलाई साथमा लिएर जाने सरकारको लक्ष्यअनुसार काम भइरहेको र ऊर्जा क्षेत्रमा केही वर्षमा नसोचेको प्रगति हासिल हुने बताए ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले नेपाल र नेपालीको आर्थिक समृद्धिको आधार नै जलविद्युत् क्षेत्र भएकाले प्राधिकरण निजी क्षेत्रसँग मिलेर काम गर्न प्रतिबद्ध रहेको बताए ।

समूहले विभिन्न सहायक कम्पनीमार्फत लिखु खोलामा तीनवटा आयोजना सुरु गरेको हो । समूहले ७७ मेगावाट क्षमताको लिखु– १ आयोजना पान हिमालय इनर्जी, ५१ मेगावाटको लिखु दुई आयोजना ग्लोबल हाइड्रोपावर एसोसियट्स र २९ मेगावाट क्षमताको लिखु ‘ए’ आयोजना नुम्बुर हिमालय हाइड्रोपावर प्रालिमार्फत निर्माण सुरु गरेको हो ।

राजधानीमा आयोजित एक कार्यक्रममा तीनवटै आयोजनाको निर्माण सुरु भएको घोषणा गरिएको हो । ती आयोजना सन् २०२० सम्म सम्पन्न गर्ने लक्ष्य रहेको समूहका अध्यक्ष मोतिलाल दुगडले जानकारी दिए । तीनवटा आयोजना निर्माण सम्पन्न गर्न कुल २१ अर्ब लाग्ने अनुमान गरिएको अध्यक्ष दुगडको भनाइ छ ।

अध्यक्ष दुगडकाअनुसार ७७ मेगावाटको लिखु– १ मा प्राइम कमर्सियल बैंकको अगुवाइमा एनआइसी एसिया बैंक, जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेड, कृषि विकास बैंक, नेपाल क्रेडिट एन्ड कमर्श बैंक, जनता बैंक, प्रभु बैंक र मेगा बैंकले कर्जा लगानी सम्झौता गरेका छन् ।

यस्तै ५१ मेगावाटको लिखु– २ मा माछापुच्छ्रे बैंकको अगुवाइमा मेगा बैंक, नेपाल एसबीआई बैंक, नेपाल बङ्गलादेश बैंक, एभरेष्ट बैंक र भिवोर सोसाइटी डेभलपमेन्ट बैंकको ऋण लगानी छ ।

२९ मेगावाटको लिखु ‘ए’ मा लक्ष्मी बैंकको अगुवाइमा सिद्धार्थ बैंक, सेन्चुरी कमर्सियल बैंक, सिटिजन्स बैंक र बैंक अफ काठमाण्डु लुम्बिनी बैंकले संयुक्त लगानी गरेका छन् ।

ती आयोजनाबाट उत्पादन हुने बिजुली खरिद बिक्रीका लागि प्राधिकरणसँग सम्झौता भइसकेको छ । सरकारको १० वर्षमा १० हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्यलाई पूरा गर्न औद्योगिक समूहको तर्फबाट तीन ठूला आयोजनामा लगानी गरिएको दुगडले बताए । अन्य नयाँ आयोजना बनाउन विदेशी साझेदार ल्याउने विषयमा छलफल सुरु गरेको उनको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस