Logo १ फाल्गुन २०८१, बिहिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

धनगढी हाफ म्याराथनको उपाधि सेनाका रिमाललाई


प्रशासन संवाददाता

२ बैशाख २०७४, शनिबार


धनगढी । ‘अब धनगढी दौडिन्छ’ भन्ने नाराका साथ नयाँवर्षको अवसरमा आज यहाँ भएको धनगढी हाफ म्याराथन प्रतियोगितामा नेपाली सेनाका हरिकुमार रिमाल पहिलो भएका छन् ।

निर्धारित २१ दशमलब एक किलोमिटरको दुरी रिमालले एक घन्टा सात मिनेट ४१ सेकेन्डमा पुरा गरी प्रथम भए । यस्तै सशस्त्र प्रहरीका गोपीचन्द्र पार्कीले उक्त दुरी एक घन्टा सात मिनेट ४२ सेकेन्डमा पूरा गरी दोस्रो तथा सेनाकै कृष्ण बस्नेतले एक घन्टा सात मिनेट ५१ सेकेण्डमा दूरी पुरा गरी तेस्रो भए ।

धनगढी जेसिजको पहलमा भएको उक्त प्रतियोगिताका विजेतालाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे ।

पुरस्कारको राशि प्रथम, द्वितीय र तृतीयलाई क्रमश ५१ हजार, २५ हजार र १५ हजार रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस